Sajha Boli :: Nepal’s Reliable Digital Newspaper

काठमाण्डौं - कोरोनाको असरबाट प्रभावित उद्योगी व्यवसायीलाई सावाँ तथा ब्याज तिर्ने समयावधि थप गर्दै राष्ट्र बैंकले आर्थिक वर्ष २०७७र७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

कम प्रभावित, मध्यम प्रभावित र अति प्रभावित गरी तीन किसिमले वर्गीकरण गरेर त्यस्ता व्यवसायीलाई साँवा, ब्याज तिर्ने तथा कर्जा पुनर्तालिकीकरण गर्ने सुविधासहित मौद्रिक नीति सार्वजानिक गरिएको हो । कृषि र उर्जा क्षेत्रमा पनि बैंकहरुले लगानी बढाउनुपर्ने व्यवस्था गरिएको छ । नीतिमा सेयर धितोमा दिइने मार्जिन प्रकृतिको कर्जाको सीमा बढाइएको छ ।

हाल ६५ प्रतिशतको सीमा छ । जसलाई बढाएर ७० प्रतिशत कायम गरिएको छ । कोरोनाको असर रहुञ्जेल एक बैंकको कार्ड अर्कोको एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था मिलाइने उल्लेख छ।

प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update