Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
आर्थिक वर्ष २०७६/७७ मा दोलखामा साँढे ८ अर्ब खर्च, पुँजीगत खर्च २ अर्ब ३३ करोड

चरिकोट — दोलखामा गएको आर्थिक वर्ष २०७६/७७ मा साँढे ८ अर्ब बरावर खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार चालु र पुँजीगत गरी जिल्लामा कुल ८ अर्ब ५६ करोड ४ लाख ८८ हजार ७ सय ५ रुपैयाँ बरावर खर्च भएको हो ।

कोलेनिकाका लेखापाल नारायण खड्काले संघ र प्रदेश अन्तर्गत चालुतर्फ ६ अर्ब २२ करोड ३४ लाख ७६ हजार ६६ रुपैयाँ र पुँजीगततर्फ २ अर्ब ३३ करोड ७० लाख १२ हजार ६ सय ३८ रुपैयाँ खर्च भएको जानकारी दिए ।

असार मसान्तसम्म दोलखाका ९ वटा स्थानीय तहले कुल २ अर्व ८८ करोड २६ हजार ३ सय ३८ रुपैयाँ निकासा लगेका छन् । जिल्लाका दुई नगरपालिका र ७ गाउँपालिकाले प्रदेश अनुदान तर्फ २५ करोड ५८ लाख ३० हजार ५ सय १३ रुपैयाँ र संघ अनुदान तर्फ २ अर्ब ६२ करोड ४१ लाख ९५ हजार ८ सय २४ रुपैयाँ निकासा लगेका हुन् ।

कोलेनिकाको तथ्यांक अनुसार संघ र प्रदेश अनुदान गरी जिरी नगरपालिकाले कुल २८ करोड २५ लाख ६४ हजार ४ सय ४८, भिमेश्वर नगरपालिकाले ४६ करोड १२ लाख ५६ हजार ३ सय ११, कालिञ्चोक गाउँपालिकाले ३४ करोड ११ लाख ८७ हजार ९ सय ३९, गौरीशंकर गाउँपालिकाले २५ करोड ४२ लाख ४४ हजार ४ सय ५३ रुपैयाँ निकासा लगेका छन् ।

यसैगरी तामाकोसी गाउँपालिकाले ३४ करोड ३८ लाख वैतेश्वर गाउँपालिकाले ३२ करोड २६ लाख ३८ हजार ९ सय १९, मेलुङ गाउँपालिकाले २७ करोड २९ लाख १३ हजार ६ सय ३०, विगु गाउँपालिकाले २८ करोड ३८ लाख ९३ हजार ६ सय ३६ रुपैयाँ र शैलुङ गाउँपालिकाले ३१ करोड ७५ लाख १९ हजार रुपैयाँ निकासा लगेका छन् ।

यसैबीच दोलखाले आर्थिक वर्ष २०७६÷७७ मा ३२ करोड ३२ लाख २१ हजार ८ सय ८३ राजस्व आम्दानी गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update