Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
वडा अध्यक्ष सहित ६ जना विरुद्ध अख्तियारद्धारा विशेष अदालतमा मुद्धा दायर

३ फागुन, चरिकोट । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिकाका एक वडा अध्यक्ष माथि भ्रष्टाचार कसुरमा मुद्धा दायर गरेको छ । लिसंखुपाखर गाउँपालिका वडा नम्वर ६ का अध्यक्ष कैलाश थापा विरुद्ध खानेपानी आयोजनामा भ्रष्टाचारजन्य कसुर गरेको अभियोग सहित विशेष अदालत काठमाण्डौँमा मुद्धा दायर गरेको हो ।

उनीमाथि उपभोक्ता समितिको अध्यक्ष आफै बसि झुटा कागजपत्र बनाई ६ लाख पैसा निकासा गरेको अख्तियारको अभियोग पत्रमा उल्लेख छ । थापाले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुर गरेकाले बिगो ६ लाख असुर उपर सहित नियम बमोजिम कारबाही गर्न माग गरिएको छ ।

सोही मुद्धामा गाउँकार्यपालिकाका तत्कालिन प्रमुख प्रसाशकीय अधिकृत निरन्जन पाख्रिन र तत्कालिन लेखापाल सुरेन्द्र बहादुर तितजु, तत्कालिन असिस्टेन्ट सव ईन्जिनियर लिल बहादुर पाण्डे, स्थानीय बाबुलाल जोशी र दल बहादुर श्रेष्ठ विरुद्ध पनि अख्तियारले अदालतमा आरोप पत्र दायर गरेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  २१:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update