Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखा र सिन्धुपाल्चोकका पशुपालक कृषकलाई डेढ करोड बढि अनुदान

चरिकोट- दोलखा र सिन्धुपाल्चोकका पशुपालक कृषकले डेढ करोड भन्दा बढि अनुदान पाएका छन् । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखाले दुई जिल्लाका पशुपालक कृषकलाई उक्त अनुदान दिएको हो । दुई जिल्लाका ९९ कृषि फार्म, समुह र सहकारीहरुले १ करोड ६३ लाख ५६ हजार ६ सय ७४ रुपैयाँ अनुदान रकम प्राप्त गरेका हुन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखाका निमित्त प्रमुख पलट चौधरीले कृषक सहकारी, समुह र फर्महरुले गरेको कामको स्थलगत मुल्यांकनका आधारमा अनुदान भुक्तानी दिईएको जानकारी दिए । जसमा दोलखाका ५६ र सिन्धुपाल्चोकका ४१ जना व्यक्ति तथा संस्थाहरु रहेका छन् ।

व्यवसायिक गई भैंसी पालन गोठ निर्माणमा १५ कृषकलाई ४४ लाख ५१ हजार ८ सय ८२, व्यवसायिक बाख्रापालन खोर निर्माणमा २० जनालाई ३९ लाख ९७ हजार, १ सय, पशुपन्छी गोठ खोर, मस्य पोखरी सुधारमा १५ जनालाई २५ लाख ६ हजार ८० रुपैयाँ, मासुपसल सुधार १८ जनालाई ६ लाख २१ हजार ३ सय ९२, भेडा प्रवद्र्धन २ जनालाई ८ लाख ९१ हजार ७ सय १०, नमुना फार्म विकास तथा विस्तार ३ जनालाई १५ लाख, दुग्ध ढुवानीका लागि स्टिल क्यान ७ जनालाई १ लाख ५६ हजार ६ सय ४, मोटरसहितको च्यापकटर १४ व्यक्ति तथा संस्थालाई २ लाख ८१ हजार ९ सय ६ रुपैयाँमा अनुदान दिईएको छ ।

यस्तै पशु आहारा –टिएमआर, प्लेट फिड ब्लक साईलेज १ जनालाई ४ लाख ९० हजार, निजी सहकारी, सरकारी स्वामित्वमा रहेको बाँझो जमिनमा वर्षिय, बहुवर्षिय घाँस खेती विस्तार ३ जनालाई ४ लाख ५० हजार, पाडापाडी हुर्काउने कार्यका लागि १ जना कृषकले ९ लाख ९० हजार रुपैयाँ अनुदान पाएका छन् ।

५० प्रतिशत अनुदानमा कृषक आफैले ५० प्रतिशत थप गरी कार्यक्रम संचालन गर्नुपर्नेछ ।

प्रकाशित मिति: बुधबार, असार ३१, २०७७  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update