Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नेकपाका दुई अध्यक्ष फेरी जुटे छलफलमा

काठमाडौँ — पार्टीभित्र देखिएको बिवाद समाधानका लागि नेकपाका अध्यक्षद्धय निर्णायक छलफलमा जुटेका छन् । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ६ दिनपछि पुन छलफल सुरु गरेका हुन् ।

दुई अध्यक्षबीच मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । आजको छलफल बिहिवार पुन बस्नेगरी सकिएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहाकार विष्णु सापकोटाले जानकारी दिए ।

पार्टी विभाजन टरेको बताईएपनि दुई अध्यक्षबीच सहमतिको खाकाले मुर्त रुप लिईसकेको छैन । छलफलबाटै समस्याको हल खोज्ने विषयमा अध्यक्षद्धय एकमत छन् । दुई अध्यक्षबीचको पछिल्लो छलफललाई चासोपूर्वक हेरिएको छ ।

दुई अध्यक्षबीच पार्टीभित्र देखिएको समस्या समाधानको प्रयास जारी रहेकाले स्थायी कमिटीको बैठक स्थगित गरिँदै आएको छ । स्थायी कमिटीका बहुमत सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नेकपा अन्तरसंघर्ष थप पेचिलो बनेको थियो ।

प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update