चरिकोट — दोलखाको विगु गाउँपालिकामा एक दम्पी सोमवारदेखि सम्पर्कबिहिन भएका छन् । विगु गाउँपालिका वडा नम्बर २ वराङ टाईवाका अन्दाजी ६५ वर्षिय राम्जी विक र उनकी ६० वर्षिया श्रीमती बुद्धिमाया विक बेपत्ता भएका हुन् ।
र्ईलाका प्रहरी कार्यालय सिंगटीका अनुसार उनीहरु सोमवार विहानदेखि बेपत्ता भएपनि हालसम्म फेला पर्न सकेका छैनन् । खेतबारी खोलापारी रहेकाले खोला तरेर जाने क्रममा उनीहरुलाई बगाएको हुनसक्ने स्थानीयको आशंका छ । ईलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक सुनजित तामाङले दम्पती बेपत्ता भएको भएको भएपनि कसरी कहाँ भन्ने कुरा पुष्टि भैनसकेको बताए ।
ईप्रका सिंगटीका असई कैलाश श्रेष्ठको टोलीले बेपत्ता दम्पतीको खोजी कार्य जारी राखेको छ । सोमबार विहान ११ बजेदेखि दम्पती घर नफर्किएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।