Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
देशभर बाढीपहिरोबाट ठुलो जनधनको क्षति

काठमाडौँ — अबिरल वर्षासँगै आएको बाढीपहिरोले देशभर ठुलो जनधनको क्षेति भएको छ । म्याग्दी, कास्की, लमजुङ, तनहुँ, पश्चिम नवलपरासी, गुल्मी, जाजरकोट, रुकुमपश्चिम, कालीकोट र सिन्धुपाल्चोकमा ठूलो जनधनको क्षति भएको हो ।

गण्डकी प्रदेशमा शुक्रबार मात्रै १३, कर्णालीमा १० र प्रदेश प्रदेश ५ मा १२ मा गरी ३५ जनाको मृत्यु भएको छ भने धेरै जना बेपत्ता र घाइते भएका छन् । धेरै घरपरिवार विस्थापित भएका छन् । सडक, बाटोघाटोसमेत अवरुद्ध भएको छ ।

म्याग्दीको धौलागिरि, रघुगंगा र मालिका गाउँपालिकाका विभिन्न ठाउँमा बिहीबार रातिदेखि आएको पहिरो र बाढीमा परी तीन जनाको मृत्यु भएको छ भने ३५ जना वेपत्ता भएकोमा १२ जाको शव फेला परेको छ भने २३ जना अझै बेपत्ता छन् । त्यहाँ ३९ वटा घर पुरिएका हुन् ।

 

प्रकाशित मिति: शनिबार, असार २७, २०७७  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update