काठमाण्डौं — नेपालको बिभिन्न जिल्लाका १० जना मृगौला पिडितहरुले एकैसाथ आर्थिक सहयोग प्राप्त गरेका छन् । समाजसेवी तथा प्रेम पूर्ण प्रताप फाउण्डेशन नेपालकी संरक्षक (हाल अमेरिका) पदमा प्रधान, योनेश थापा र एलिसा थापाको तर्फबाट आर्थिक सहयोग प्रदान गरिएको हो ।
काठमाण्डौंमा रहेका ७ जना, सिन्धुपाल्चोक, रामेछाप र चितवनका १/१ जना मृगौला पिडितहरुलाई जनही १० हजार ५१ रुपैयाँका दरले जम्मा १ लाख ५ सय १० रुपैया आर्थिक सहयोग प्रदान गरिएको हो । समाजसेवी प्रधानका अनुसार बिरामी स्वयं र उनीहरुका परिवारका सदस्यका नाममा सहयोग रकम पठाईएको छ ।
सहयोग प्राप्त गर्नेहरुमा काठमाण्डौंका तारा रोकाय, रोहान डंगोल, जानुका राई, स्मृति अधिकारी, कर्ण बहादुर तामाङ, कृष्ण तामाङ, कृष्ण प्रसाद शिवाकोटी छन् । यसैगरी सिन्धुपाल्चोकका हिरा बहादुर थामी, रामेछापका दुर्गालाल मोक्तान र चितवनका मञ्जु धमलाले पनि आर्थिक सहयोग रकम पाएका छन् ।
हाल अमेरिका रहँदै आएको समाजसेवी पदमा प्रधानको परिवारले यसअघि पनि मृगौला पिडितहरुलाई ठुलो रकम सहयोग गरिसकेको छ । अमेरिकामा रहेर नेपालको सामाजिक क्षेत्रमा प्रधान परिवारले महत्वपुर्ण सहयोग पुर्याउँदै आएको छ ।