Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
‘भारतीय मिडियालाई बहिष्कार गर्दै प्रतिबन्ध लगाऔं’

काठमाण्डौं — नेकपाका केन्द्रिय सदस्य तथा वाग्मती प्रदेशका सचिव आनन्द प्रसाद पोखरेलले भारतीय मिडिया बहिस्कार गर्न आव्हान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीबारे भारतीय मिडियाले गरेको टिप्पणीहरुप्रति आक्रोस व्यक्त गर्दै नेता पोखरेलले सबै क्षेत्र, तह र तप्काबाट प्रतिवाद आवश्यक रहेको बताए ।

पूर्व मन्त्री समेत रहेका पोखरेलले सामाजिक संजालमार्फत नेपालभर सम्पूर्ण भारतीय मिडियालाई रोक लगाउनुपर्ने धारणा समेत राखेका छन् । ‘भारतीय मिडियाहरुको नेपाल बिरुद्धको सबै अपराधपुर्ण कार्यको घोर भत्सर्ना गरौं, यसको सबै क्षेत्र, तह र तप्काबाट बिरोध प्रतिवाद गरौं, सबैलाई अपील गर्दै नेता पोखरेलले भनेका छन् ।

भातीय सत्तापक्ष र उसबाट संरक्षित भारतीय मिडियाको प्रचारबाजी र भारतीय खुफियाको नेपाल बिरोधी हर्कत प्रधानमन्त्री बिरुद्ध मात्रै नभई सिंगो नेपालको सार्वभौमसत्ता र अखण्डता माथिको नांगो आक्रमण भएको उनको भनाई छ ।

प्रकाशित मिति: बिहीबार, असार २५, २०७७  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update