Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सिन्धुपाल्चोकमा भिषण बाढी : १८ जना बेपत्ता, दुईको मृत्यु

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकमा फेरी बाढीपहिरो यो वर्षपनि ठुलो क्षति पुर्याएको छ । बुधबार राति बाढीले एक दर्जन बढि घर बगाउँदा कम्तिमा १८ जना बेपत्ता भएका छन् । दुई जनाको शव फेला परेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

भोटेकोसीसँगै वरपरका खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा ठुलो मानविय र धनजनको क्षति पुर्याएको हो । प्रहरीका अनुसार बाह्रबिसे–५ गाती जम्बुमा एल्मो ठाडो खोला बस्ती पस्दा १४ घर बगाएको छ । वेपत्ता मध्ये २० वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको शव फेला परेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी उज्जल महर्जनले जानकारी दिए । केही घाईतेको उद्धार गरिएको छ ।

अरनिको राजमार्गको ड्याम, जुरे, साधीखोल्सा, जलेटार ब्यारेकमुनि, बाह्रबिसे इप्रका चौकीछेउको भाग र खाग्दलदेखि जम्बु बजारसम्मको सडक–पुल बाढीले बगाएको छ । जसका कारण जनजीवन अस्तव्यस्त बनेको छ भने बाह्रबिसे बजारछेउको ढिस्को खस्न थालेपछि तटीय क्षेत्रका स्थानीय त्रसित छन् ।

सेना र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगि उद्धार कार्य गरिरहेको छ । सिन्धुपाल्चोककै भोटेकोसी गाउँपालिका–५ मार्मिङ गाउँको बल्कुटे खोलामा बाढी आएर एक घर बगाएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २५, २०७७  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update