Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाका दुई जनामा फेरी देखियो कोरोना संक्रमण

दोलखा - दोलखाका दुई जनामा फेरी कोरोना संक्रमण देखिएको छ । दोलखा जिल्ला मेलुङ गाउँपालिकाका २९ वर्षिय पुरूष र भिमेश्वर नगरपालिकाका ३१ वर्षिय महिलामा कोरोना संक्रमण देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय दोलखाका अनुसार उनीहरुको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विभु कुमार झाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट दुुई जनामा कोराना संक्रमण देखिएको जानकारी प्राप्त भएको जानकारी दिए ।

उनीहरु दुबै जना दोलखाबासि भएपनि कामको शिलशिलामा काठमाडौ बस्दै आएका छन् ।

मन्त्रालयका अनुसार यसअघि पनि राजधानीमा बस्दै आएका दोलखाका एक महिला र पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

दोलखाको गौरीशंकर गाउँपालिकाका २ जना, भिमेश्वर नगरपालिकाका दुई जना, वैतेश्वरकी एक महिलामा यसअघि नै संक्रमण देखिईसकेको छ । भिमेश्वर नगरपालिकाका संक्रमित वृद्धको काठमाण्डौंमा उपचारका क्रममा मृत्यु भैसकेको छ । 

योसँगै दोलखा जिल्लाका संक्रमितहरुको संख्या ९ पुगेको छ । 

प्रकाशित मिति: सोमबार, असार २२, २०७७  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update