Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
विदेशमा ज्यान गुमाएका परिवारलाई स्थानीय तहबाटै ७ लाख

३ फागुन, काठमाण्डौँ । बैदेशिक रोजगारीका शिलशिलामा मृत्यु भएका व्यक्तिका परिवारले अब स्थानीय तहबाटै आर्थिक सहायता लिनसक्ने भएका छन् । बैदेशिक रोजगार बोर्डको सचिवालयले सम्बन्धित स्थानीय तहमै क्षतिपुर्तिका लागि आवेदन दिनसक्ने व्यवस्था गरेको हो ।

यो व्यवस्थासँगै वैदेशिक रोजगारमा गएका कामदारको करार अवधिमा वा करार अवधि समाप्त भएको मितिले एक वर्षभित्र कुनै कारणले मृत्यु भएमा सम्बन्धित स्थानीय तहबाटै ७ लाख बरावरको क्षतिपुर्ति प्राप्त गर्न सक्नेछन् । त्यसका लागि प्रमाणित कागजात सहित मृतकको नजिकको हकवालाले आर्थिक सहायताका लागि निवेदन दिनुपर्ने सचिवालयका शाखा अधिकृत सुशिला पौडेल दाहालले जानकारी दिईन् ।

सरकारले बैदेशिक रोजगार नियमावली २०६४ को पाँचौं संसोधन गरि बोर्डबाट पाउने सुविधा सम्बन्धित स्थानीय तहबाट नै पाउने व्यवस्था कार्यन्वयनमा ल्याएको हो ।यसअघि आर्थिक सहायताको लागि निवेदन दिंदा निवेदक स्वयं वोर्डको सचिवालायमा उपस्थित हुनुपर्ने व्यवस्था थियो ।

कामदारको आफन्तले स्थानीय तह मार्फत निवेदन दिएपछि सम्बन्धित स्थानीय तहले निवेदन प्राप्त भएको सात दिनभित्र प्राप्त कागजात, प्रमाण सिफारिस सहित सक्कली निवेदन बोर्डको सचिवालयमा पठाई सोको जानकारी निवेदकलाई दिनुपर्ने व्यवस्था गरिएको छ ।

वोर्डबाट आर्थिक सहायता प्राप्त गर्नका लागि तोकिएका आवश्यक कागजात पुरा भएमा कामदारको नजिकको हकवाला आफन्तको बैंक खातामा सिधै जम्मा गरिने व्यवस्था गरिएको छ । यो व्यवस्थासँगै देशभरिबाट सहायताका लागि नै काठमाडौं आउनुपर्ने बाध्यता हट्नुका साथै समय र पैसाको पनि बचत हुनेछ ।आर्थिक सहायताको लागि कामदार मृत्यु भएको १ वर्ष भित्रमा निवेदन दिनुपर्ने व्यवस्था रहेको छ। हाल कागजी रुपमा डकुमेन्ट उपलब्ध गराउनुपर्ने व्यवस्थालाई सुधार गर्दै छिट्टै अनलाइन प्रणाली मार्फत सेवा प्रदान गर्नेगरी प्रक्रिया अगाडी बढाउने बोर्डको तयारी छ ।

 मृतक कामदारका हकवालाले आर्थिक सहायताको लागि निवेदनसंगै पेश गर्नुपर्ने कागजातहरु 

१. राहदानीमा गन्तव्य मुलुकमा पुगेको प्रमाणित हुने छाप भएको पृष्ठ र राहदानी वाहकको राहदानी नं, नाम र फोटो भएको पृष्ठको प्रतिलिपि ।

२. विदेश स्थित रोजगारदाता कम्पनि, नियोग/अस्पतालको मृत्युको प्रमाण र सव ल्याउँदाको प्रज्ञापन पत्रको प्रतिलिपि (विदेशमा मृत्यु भएकाको हकमा) ।

३. नेपालामाम्रित्यु भएकाको हकमा नोज बैदेशिक रोजगारीबाट फर्केको आगमनको छाप लागेको पृष्ठको प्रतिलिपि ।

४. स्थानीय तहले गरेको मृत्यु दर्ताको प्रमंपत्रको प्रतिलिपि ।

५. हक्वालाको नागरिकता/नाता प्रमाणित र अविवाहित भे स्थानीय तहबाट आविवाहिक्ताको सिफारिस पत्र ।

६. स्थानीय तहबाट खुलेको फोटो र बैंकको नाम/शाखा र बैंक खाता नं रुजु सहितको बैंकको पत्र ।

७. नजिकको हक्वालाको पासपोर्ट साइजको एक प्रति फोटो । माथि उल्लेखित ७ प्रकारका प्रमाणित कागजात संलग्न गरि सम्बन्धित नगरपालिका/गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट सिफारिस भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  २१:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update