Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
ओली - प्रचण्डबीच पार्टी एकता जोगाउने सहमति

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीच पार्टी एकतालाई बचाउने सहमति भएको छ । पार्टीभित्र एकताको बिकल्प नरहेको निष्कर्ष निकाल्दै दुबैजना अध्यक्ष सहमतिका आधारहरु खोज्न सहमत भएका हुन् ।

भेटबार्तामा दुबैपक्षका नेताहरु अविस्वास पैदा हुने खालका गतिविधि नगर्न सहमत भएको बताईएको छ । विगतमा भएका समझदारीका आधारमा पार्टी एकताको आधार तयार पार्न दुबै अध्यक्ष सहमत देखिनुभएको छलफलमा सहभागि एक नेताले जानकारी दिए ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको वार्तामा केपी ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, पार्टी महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल तथा प्रचण्डका तर्फबाट वर्षमान पुन र जनार्दश शर्मा सहभागी थिए ।

सहमतिको प्रयास स्वरुप सोमबार बिहान स्थायी कमिटीको बैठकअघि दुई अध्यक्षवीच पुन छलफल हुनेछ । त्यसअघि ओली र प्रचण्ड दुवै पक्षका नेता बसेर अनौपचारिक गृहकार्य गर्नेछन् ।

नेकपामा दुई पक्षबीच चर्केको बिवादले पार्टीनै फुट्ने हो की भन्ने चिन्ता छाएको छ । सडकमा जुलुस प्रदर्शन र एकअर्कालाई सार्वजनिक गाली गलौज गर्ने कार्यहरु बन्द गर्ने सहमतिपनि छलफल भएको छ ।

प्रकाशित मिति: आइतबार, असार २१, २०७७  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update