राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटबार्ता, मन्त्रीहरुलाई वालुवाटार बोलाईयो
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ । राष्ट्रपति कार्यालय शीतल निवासमा जारी भेटबार्तामा समसामयिक विषयमा छलफल भैरहेको बुझिएको छ ।
प्रधानमन्त्रीको सचिवालयले भेतबार्ता नियमित भएको जनाएको छ । यद्यपी नेकपाभित्र चर्किएको बिवाद भेटवार्ताको मुख्य विवषय भएको स्रोतले जनाएको छ ।
मन्त्रीहरुसँग छलफल गर्नुअघि प्रधानमन्त्री ओली राष्टपति भेट्न शितल निवास पुगेका हुन् । प्रधानमन्त्री ओलीले साँझ ७ बजे मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । किन वोलाईयो भन्नेबारेमा मन्त्रीहरुनै अन्यौलमा छन् ।
प्रकाशित मिति: शनिबार, असार २०, २०७७ १८:११
प्रतिक्रिया दिनुहोस्