दोलखा — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखाले पार्टी एकता मजबुत बनाउन अपिल गर्दै केन्द्रिय कार्यालयलाई पत्राचार गरेको छ । नेकपाका दुई अध्यक्ष सहित शिर्ष नेताहरुबीच अन्तरबिरोध चर्किएका बेला नेकपा दोलखाले पार्टीलाई मजबुत एकमना एकतासाथ अघि बढाउन आग्रह गरेको हो ।
जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेल र सचिव गोपाल पाण्डेद्धारा संयुक्त रुपमा हस्ताक्षरित पत्रमा पार्टी भित्रको बिवादले स्वदेशी तथा विदेशी प्रतिक्रियावादीहरुलाई खुसी र उत्साहित तुल्याएको भन्दै बार्ता, छलफल र सहकार्यबाट समस्याको समाधान गर्न भनिएको छ ।
स्वदेशी तथा विदेशी प्रतिक्रियावादीहरुलाई खुसी र उत्साहित तुल्याउने गरी भएका त्यस्ता गतिविधिहरु अन्त्य गरी वार्ता, छलफल तथा सहकार्यलाई निरन्तरता दिँदै पार्टीलाई एकताका साथ अघि बढाउँदै नेपाली जनताको हितमा सरकार सञ्चालन गर्न ध्यानाकर्षण गराउँदछौं, सार्बजानिक गरिएको पत्रमा भनिएको छ ।’
पत्रमा बिवादको पक्ष बिपक्षमा नलागी एकताको पक्षमा आवाज वुलन्द गर्न पनि देशभरका नेता कार्यकर्ताहरुलाई आव्हान गरिएको छ ।