Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
प्रधानमन्त्री रोजगारका लागि दोलखालाई ४ करोड २५ लाख अनुदान

३ फागुन, दोलखा । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दोलखाका स्थानीय तहले ४ करोड बढि बजेट खर्चको अख्तियारी पाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम संचालनका लागि जिल्लाका ९ वटा स्थानीय तहका लागि कुल ४ करोड २५ लाख ५६ हजार बजेटको अख्तियारी पठाएको हो ।

जसमा सबैभन्दा बढि कालिञ्चोक गाउँपालिकाले ७५ लाख र भिमेश्वर नगरपालिकाले ७० लाख २९ हजार रुपैयाँ सशर्त अनुदान पाएका छन् । यसैगरी तामाकोशी गाउँपालिकाले ६७ लाख ३३ हजार, गौरीशंकर गाउँपालिकाले ५९ लाख ४९ हजार, बैत्यश्वर गाउँपालिकाले २६ लाख ५१ हजार, मेलुङ गाउँपालिकाले ३१ लाख ३२ हजार रुपैँया अनुदान पाएका छन् । विगु गाउँपालिकाले ४३ लाख १० हजार, शैलुङ गाउँपालिकाले २३ लाख ४८ हजार र जिरी नगरपालिकाले २९ लाख ४ हजार रुपैयाँ बराबरको अनुदान पाएका छन् ।

उक्त अनुदानबाट सूचिकृत बेरोजगार व्यक्तिहरुलाई एक सय दिन रोजगार पुग्नेगरी काम उपलव्ध गराई न्यूनतम रोजगारी सुनिश्चित गर्नेगरी आयोजनामा खटाउनुपर्नेछ । बेरोजगार व्व्यक्तिलाई रोजगारीमा खटाउँदा सूची निर्धारण तथा प्राथमिकीकरण मार्गदर्शनका आधारमा खटाउन मन्त्रालयले निर्देशन दिएको छ ।

उक्त आयोजनाबाट सूचिकृत बेरोजगारहरुलाई सडक, कृषि तथा सिंचाई, ग्रामिण खानेपानी, स्वास्थ्इ तथा सरसफाई, शिक्षा, वन तथा जलाधार, पर्यटन पुर्वाधार निर्माण तथा मर्मत सम्भारको क्षेत्रमा खटाउनुपर्ने कार्यबिधिमा उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  २१:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update