विश्वभर कोरोना संक्रमितको संख्या एक करोड १० लाख नाघ्यो
काठमाडौं - विश्वभर १ करोड १० लाख ४५ हजारभन्दा बढि व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको एक तथ्यांकले देखाएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ५ सय ७७ पुगेको छ ।
कोरोनाबाट अमेरिकामा सबैभन्दा बढि झण्डै २८ लाखमा संक्रमण पुष्टि भएको छ भने हालसम्म १ लाख २९ हजार ४ सय ३० जनाको मृत्यु भैसकेको छ ।
कोरोना संक्रमणबाट अमेरिकापछि दोस्रो प्रभावित मुलुक ब्राजिलमा १५ लाख ३९ हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ ६१ हजार ८ सय ८४ जनाको ज्यान गएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक छ ।
प्रकाशित मिति: शनिबार, असार २०, २०७७ ०८:०९
प्रतिक्रिया दिनुहोस्