Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
प्रतिव्यक्ति आयमा नेपाल एक स्थान माथि उक्लियो

काठमाण्डौं - नेपाल न्यूनमध्यम आय भएको मुलुकमा उक्लिएको छ । विश्व बैंकले गर्ने वर्गिकरणमा न्यून आय भएको मुलुकबाट नेपाल न्यूनमध्यम आय भएको मुलुकमा बढुवा भएको हो ।

विश्व बैंकले प्रतिव्यक्ती आयका आधारमा संसारभरका मुलुकलाई चार समूहमा वर्गिकरण गर्दै आएको छ । जसमा नेपाल एकतह माथि उक्लिएको हो ।
न्यून, मध्यम न्यून,उच्च मध्यम र उच्च आय वर्गमा मुलुकहरुको बर्गिकरण गरिन्छ । बैंकले यो वर्ष १०३६ डलरभन्दा न्यून प्रतिव्यक्ती भएका मुलुकलाई न्यून आय भएका मुलुकको सूचीमा राखेको छ ।

यो वर्ष १०३६ देखि ४०४५ डलरसम्म आय भएका मुलुकलाई न्यून मध्यम आय भएका मुलुकमा राखिएको छ । जुन समुहमा नेपाल उक्लिन सफल भएको हो । नेपालको प्रतिव्यक्ती आय १०९० अमेरिकी डलर मुल्यांकन गरिएको छ ।

४०४५ देखि १२५३५ डलरसम्म आय भएका मुलुक उच्च मध्यम आय वर्गमा हुन्छन् भने १२५३५ माथि आय भएका मुलुक उच्च आय वर्गमा पर्दछन् । प्रतिव्यक्ति आयको आधारमा विश्व बैंकले ऋणको ब्याज तथा अनुदान सहुलियत दिने गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update