Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाका दुई कोरोना संक्रमितको सम्पर्कमा पुगेका सबैको पीसीआर रिपोर्ट नेगेटिभ

चरिकोट - दोलखाको गौरीशंकर गाउँपालिकामा दुई जना कोरोना संक्रमतिहरुको सम्पर्कमा पुगेका सबैको पीसीआर रिपोर्ट नगेटिभ आएको छ । गौरीशंकर गाउँपालिका स्थित हलेशवर मावि क्वारेन्टाईनमा बसेका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा पुगेका ३५ जनाको स्वाब पीसीआर परीक्षणका लागि काठमाण्डौं पठाईएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाका अनुसार उनीहरु सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । संक्रमितहरुसँगै क्वारेनटाईनमा बसेकासहित उनीहरुको प्रत्यक्ष सम्पर्कमा पुगेका स्वास्थ्यकर्मी, जनप्रतिनिधि लगायतको स्वाब संकलन गरी परीक्षणका लागि काठमाण्डौं पठाईएको थियो ।

पीसीआर रिपोर्ट नेगेटिभ आएपछि मापदण्ड अनुसार क्वारेन्टाईनमा १४ दिन बिताईसकेकाहरुलाई होम क्वारेन्टाईन पठाईनेछ । भारतबाट आएका पुरुष र कतारबाट आएकी महिलामा कोरोना संक्रम देखिएपछि उनीहरुको काठमाण्डौंमा उपचार भैरहेको छ ।

प्रकाशित मिति: बुधबार, असार १७, २०७७  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update