Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कोरोना रोकथाम तथा नियन्त्रण कोषलाई ५ लाख सहयोग हस्तान्तरण

सिन्धुपाल्चोक - कोरोना भाईरस् (कोभिड १९) रोकथाम तथ नियन्त्रणका लागि नेकपा जुगल गाउँ पार्टी कमिटीले आर्थिक सहयोग प्रदान गरेको छ । नेकपा जुगल गाउँपालिका र राष्टिय युवा संघ नेपालले गाउँपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा ५ लाख १ हजार २ सय रुपैयाँ रकम जम्मा गरेका हुन् ।

उक्त रकम सोमवार नेकपा केन्द्रिय सदस्य तथा सिन्धुपाल्चोक सह ईन्चार्ज माधव सापकोटा सुबोधले एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठलाई हस्तान्तरण गरे ।

सहयोग रकम हस्तान्तरण गर्दै नेता सापकोटाले कोरोना महामारी रोकथाम र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन नेकपाको पार्टीपंक्ति सम्पुर्ण रुपले परिचालित हुन तयार रहेको भन्दै सहयोग रकम जुटाउन पहलकदमी लिने नेता कार्यकर्तालाई धन्यवाद दिए ।

कार्यक्रममा नेकपा जुगल गाउँपार्टी कमिटीका अध्यक्ष पदम श्रेष्ठ, नेकपा जिल्ला सदस्य कृष्ण घिमिरे, सिर्जना तामाङ, अनेरास्ववियु केन्द्रिय सदस्य रन्जित आचार्य, राष्टिय युवा संघ सिन्धुपाल्चोकका सदस्य देबेन्द्र शाक्य, सोहन सुनुवार, फुलकाजी स्याङ्बो, आकाश लामा लगायत नेता कार्यकर्ताको उपस्थिति थियो ।

प्रकाशित मिति: सोमबार, असार १५, २०७७  २१:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update