काठमाडौँ — नेपालमा थप १ सय २१ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा १३ महिला र १०८ पुरुष गरी १२१ जना संक्रमित डिस्चार्ज भएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाबा निको हुनेको संख्या ३ हजार १३४ पुगेको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट झापाका १ , पर्साका २३ , अल्पमाई नर्सिङ इन्स्टिच्युटबाट १३ , कोभिड अस्पताल जनकपुरबाट धनुषाका ३ , महेन्द्र गेनाइ सिरहाबाट १४ , पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कास्कीका २, म्याग्दी अस्पतालबाट ३ , पर्वत अस्पतालबाट ८ , स्याङजा अस्पतालबाट ३३ , तनहुँ अस्पालबाट ५ , नुवाकोट अस्पतालबाट ८ , सुशील कोइरला प्रखर क्यान्सर अस्पतालबाट २ , आदर्शनगर आइसोलेसन सेन्टर बाँकेबाट ३ र आइसोलेसन सेन्टर खुजरा बाँकेबाट ३ जना संक्रमित निको भएका हुन् ।
हालसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ९७ हजार ८७१, र पीसीआर विधिबाट २ लाख २३ हजार ६३० परीक्षणहरु गरिएका छन् ।