Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सलह कीरा नेपालमा पनि भित्रियो

काठमाडौं - नेपालमा सलह किरा भित्रिएको अधिकारीहरुले पुष्टि गरेका छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार पर्सा, बारा र सर्लाही जिल्लामा सलह किरा देखिएको हो । मन्त्रालयका प्रवक्ता हरिबहादुर केसिले बारा र पर्सामा सलह किरा देखिएको खबर प्राप्त भएको जानकारी दिए ।

बाराको कृषि ज्ञान केन्द्र प्रमुख जितेन्द्र यादवले पनि नेपालमा सलह किरा आएको बताए । उनका अनुसार सलह किरा नियन्त्रणका लागि प्राविधिक टोली खटिईसकेको छ ।

सलह किराको समूहले नेपालमा क्षति पुर्याए, नपुर्याएको बारे अध्ययन भैसकेको छ ।

यसैबीच नेपालमा सलह किरा भित्रिएपछि मन्त्रालयले आकस्मिक बैठक बोलाएको छ । यसअघि नेपालमा सलह प्रवेश गर्नसक्ने भन्दै प्लान्ट क्वारेन्टाईन तथा विषादी कनद्रका प्रमुखको अध्यक्षतामा कृषि वैज्ञानिक र प्राविधिकरुको समिति गठन गरेको थियो ।

अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको ईरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आईपुगेको सलह नेपालमा पनि भित्रिएको हो । सलक फट्यांग्रा वर्गको कीरा जस्तै हुन्छ । यो किराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत नष्ट गरिदिन सक्छ ।

प्रकाशित मिति: शनिबार, असार १३, २०७७  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update