Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
काभ्रेमा बोधिचित्त लुटपाटको प्रयास भएपछि प्रहरीले गोली चलायो

काठमाडौं - काभ्रेको रोशी गाउँपालिकामा लुटपाट गर्न खोजिएको बोधिचित्त बचाउने क्रममा प्रहरीले गोली चलाउनु परेको छ । रोशी गाउँपालिका –३, सिपालीमा प्रहरीले गोली चलाएको हो । बोधिचित्त लुटपाट भएको सूचना आएपछि गाउँमा पुगेको प्रहरीको टोलीसँग हतियारधारी समूहको जम्काभेट भएपछि गोली चलेको प्रहरीले जनाएको छ ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाका अनुसार बाटोमा बम जस्तो देखिने वस्तु राखेर प्रहरीलार्य अबरोधको प्रयास भएको बताए । उनले घट्नाको विस्तृत आउन बाँकी रहेको बताए ।

काभ्रेका प्रहरी प्रमुख एसपी रवि पौडेलले घटनामा पाँच जना घाइते भएको जानकारी दिए । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार लुटेरा समूहको कुटपिटबाट उनीहरु घाइते भएका हुन् । गएराती भएका घटनामा संलग्न केहीको पहिचान भइसकेको र उनीहरुको खोजी कार्य भैरहेको पौडेलले बताए ।

प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७  ०८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update