Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
संसदमा पाख्रिनको माग : बिदेशिएकाको घरबार बिगार्ने बिरुद्ध कडा कानुन चाहियो,

२९ माघ, काठमाडौं । दोलखाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद शान्तिमाया पाख्रिनले रोजगारीको शिलशिलामा विदेशिएकाहरुको घरबार विगार्ने बिरुद्ध कडा कानुनको खाँचो औल्याएकी छिन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद पाख्रिनले विदेशिएका नागरिकको घरबार बिगार्नेलाई कडा कारबाही गर्न त्यही अनुसारको कानून बनाउन माग गरेकी हुन् । संसदमा बोल्दै उनले भनिन्, सुन्दर भविष्य निर्माण र रंगीन सपना बोकेर रोजगारीका निम्ति विदेशिएका युवा युवतीको स्वदेश फर्किदा कमाएर पठाएको सम्पत्तिसमेत गुमाउनुपर्ने अवस्था छ, त्यसैले यसलाई रोक्न सम्बन्धित निकायले कडा कानून बनाउन जरुरी छ ।

विदेशमा रहेका नेपालीको श्रीमान वा श्रीमतीलाई लोभ्याएर घर बिगार्ने पुरुष वा महिला जो भए पनि कारबाही गर्नुपर्ने सांसद पाख्रिनको माग छ ।

प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  २०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update