Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
जनजाति प्रतिष्ठानको उपाध्यक्ष बने गोकुल घर्ती

काठमाडौं - सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्षमा गोकुल घर्तीलाई नियुक्त गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले घर्तीलाई उपाध्यक्षमा नियुक्त गरेका हुन् । प्रतिष्ठानका सहअध्यक्ष तथा संघीय मामिला तथा सामान्य प्रशाशसन मन्त्री हृदयेश त्रिपाठीको संयोजकत्वमा रहेको समितिले उपाध्यक्षका लागि घर्तीको नाम सिफारिस गरेको थियो ।

सिफारिस समितिले अन्य दुई जनाको नाम पनि सिफारिस गरेकोमा प्रतिष्ठानको अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले घर्तीलाई नियुक्त गरेका हुन् । सिफारिस समितिमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका कार्यकारी सदस्य ज्ञानेन्द्र पुन सदस्य थिए ।

प्रतिष्ठानको कार्यकारी पद उपाध्यक्ष रहने व्यवस्था छ । उपाध्यक्षको कार्यकाल चार वर्षको हुनेछ । साविक एमाले संसदीय दलको सचेतक भैसकेका घर्ती हाल नेकपा केन्द्रिय सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघ, नेपालको इञ्चार्जको जिम्मेवारीमा पनि छन् ।

प्रकाशित मिति: बिहीबार, असार ११, २०७७  १९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update