चरिकोट — दोलखाको शैलुङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५८ करोड २२ लाख ४४ हजार बरावरको व्यवस्थित नीति, कार्यक्रम तथा बजेट ल्याएको छ । १ सय २९ वुँदामा समेटिएको नीति, कार्यक्रम तथा बजेटले गाउँपालिकाको सबै क्षेत्रलाई सम्वोधन गर्ने प्रयास गरेको छ ।
गाउँपालिका अध्यक्ष भरत दुलालको अध्यक्षतामा भएको सातौं गाउँसभामा उपाध्यक्ष लालमाया योञ्जनले आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् । जसमा संचालन चालु खर्चतर्फ ७ करोड २४ लाख ४५ हजार, पुँजीगत खर्च तर्फ १७ करोड ७४ लाख, वडा स्तरिय आयोजनाहरु तर्फ ४ करोड अनुमानित बजेट पेश गरिएको छ ।
यस्तै संंघीय सरकार ससर्त अनुदान खर्च तर्फ १९ करोड ७१ लाख, संघीय सरकार विशेष अनुदान खच ३ करोड ६० लाख, समपुरक अनुदान तर्फ १ करोड र प्रदेश ससर्त अनुदान तर्फ २ करोड ९२ लाख ९९ हजार बजेट विनियोजन गरिएको छ । शैलुङ गाउँपालिकाको सातौं गाउँसभाको वाग्मती प्रदेशसभाका सांसद पशुपति चौलागाईले उद्घाटन गरेका थिए ।
हेर्नुस् नीति, कार्यक्रम र बजेटको पुर्णपाठ :