वर्षासँगै तामाकोसी नदीको सतह बढेर सिंगटी बजार प्रवेश गरेपछि..(तस्बीरहरु)
सिंगटी - अविरल वर्षासँगै तामाकोसी नदीको सतह बढेर दोलखाको उत्तरी सिंगटी बजारमा प्रवेश गरेको छ । विगु गाउँपालिका वडा नम्बर ४ मा पर्ने सिंगटी बजारको खार्पालेचौर क्षेत्रमा तामाकोसी नदीको भल पसेपछि आर्धा दर्जन बढि घर जलमग्न भएका छन् ।
शुक्रवार राती नदी पसेर घर जलमग्न भएपछि घरका सामाग्रीसहित स्थानीय रातारात अन्यत्रै सुरक्षित स्थानमा सरेर बस्न बाध्य भए । बर्षा जारी रहे तामाकोसी नदीको सतह थप बढेर ती घरपरिवार विस्थापित हुने अवस्था रहेको छ ।
प्रकाशित मिति: शनिबार, असार ६, २०७७ ०७:१६
प्रतिक्रिया दिनुहोस्