Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सिन्धुपल्चोकको जुगल गाउँपालिकामा कोरोना भाइरसको सन्त्रास

२८ माघ, चौतारा । चीनसँग सीमा र मुख्य नाका समेत जोडिएको सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा काेराेना भाइरसकाे त्रास फैलिएको छ । बिरामीहरुमा कोरोना भाइरसको जस्तो लक्षण देखिन थालेपछि स्थानीयमा मनोवैज्ञानिक त्रास बढेको हो ।

कोरोनाको आशङ्का गरिएपछि गाउँपालिकाले पहिचानका लागि आवश्यक स्वास्थ्यकर्मीको टाेलि पठाइदिन स्वास्थ्य मन्त्रालयलाई अत्यन्तै जरुरी भन्दै पत्राचार नै गरेको छ ।  गाउँपालिकाले स्वास्थ्य मन्त्रालयलाई पठाएको पत्रमा  बिरामीहरूको स्वास्थ्य परीक्षण र राेग पहिचानको लागि आवश्यक टाेली पठाइदिन आग्रह गरिएको छ ।

जुगल गाउँपालिका-३ स्थित गुम्बा बस्तीमा काेराेना भाइरसकाे लक्षणसँग मिल्ने रूघा, खाेकि, अत्याधिक ज्वराेका विरामी बढेपछि जनप्रतिनिधिहरु सरकारलाई जानकारी गराउने निर्णयमा पुगेका हुन् ।

गाउँपालिकाले बागमती प्रदेशकाे सामाजिक विकास मन्त्रालय, जिल्ला स्वास्थ कार्यालय र जिल्ला प्रशासनलाई समेत बाेधार्थ पत्र पठाएको छ ।

गाउँपालिका महासंघका केन्द्रीय अध्यक्ष तथा साे गाउँपालिकाका अध्यक्ष हाेमनारायण श्रेष्ठले अहिले बिरामी परेका करिब १ सय जनामा यस्तो लक्षण देखिएकाे जानकारी दिए ।

काेराेना भाइरसले छिमेकी मुलुक चीनमा १ हजार भन्दा बढीको ज्यान गइसकेकाे छ भने हजारौं संक्रमित छन् ।

 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  २०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update