काठमाडौं - पछिल्लो २४ घण्टामा थप २५० जनामा कोरोना भाaइरस (कोभिड–१९) को संक्रमण देखिँदा डिस्चार्ज हुनेको संख्यापनि उल्लेख्य देखिएको छ ।
संक्रमितको संख्या ४६ सय १४ पुगेकोमा १५ जनाको मृत्यु भैसकेको छ । हालसम्म ८६१ जना कोरोना संक्रमित डिस्चार्ज भैसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले रौतहटमा ५७, दैलेखमा ४८, रुपन्देहीमा २९, बाजुरामा १८, रोल्पामा १४ र बाँकेमा १३ जना संक्रमित थपिएको जानकारी दिए ।
सप्तरीका ९, दाङका ८, बारा, धादिङ , सुर्खेत र कैलालीका ७/७ जना, नवलपरासीका ६, प्युठान, सर्लाही, महोत्तरीका ४/४ जना, झापा र सुनसरीका ३/३ जना तथा कपिलवस्तु र बझाङका २।२ जना संक्रमित देखिएका छन् ।
स्वास्थ्य तथा जनसंखया मन्त्रालयले पछिल्लो २४ घण्टामा १८७ जना डिस्चार्ज भएको जनाएको छ ।