दोलखा बैतेश्वरकी सुत्केरी महिलाको दोस्रो पीसीआर रिपोर्ट नेगेटिभ
चरिकोट –दोलखाको वैतेश्वर गाउँपालिकाकी एक सुत्केरी महिलाको पीसीआर परीक्षण रिर्पोट नेगेटिभ आएको छ । शनिवार कोरोना संक्रमण पुष्टि भएपछि ती महिलाको बिहिवार पुन पीसीआर परीक्षण गरिएको थियो ।
पुनः परीक्षण गरिएको रिपोर्ट नेगेटिभ आएको बैत्यश्वर गाउँपालिका श्रोतले जानकारी दिएको छ । बैतेश्वर गाउँपालिका वडा नम्बर ७ निवासि कोरोना संक्रमित सुत्केरी महिला, उनका श्रीमान र वच्चाको रिपोर्ट पनि नगेटिभ आईसकेको छ ।
सुत्केरी महिलाको फेरीपनि पीसीआर परीक्षणपछि मात्रै अस्पतालबाट होम क्वारेन्टाईन पठाउने प्रक्रिया सुरु गरिनेछ ।
वैतेश्वर गाउँपालिका घर भई भक्तपुर नगरपालिका कमलविनायक बस्दै आएकी सुत्केरी महिलामा गत शनिवार कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ २९, २०७७ १६:०९
प्रतिक्रिया दिनुहोस्