Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
तामाकोसी नदीमा बेपत्ता युवक २४ दिनपछि भेटिए

चरिकोट - तामाकोसी नदीमा बेपत्ता भएका मध्ये थप एक जनाको शव फेला परेको छ । तामाकोशी नदिमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बैतेश्वर गाउँपालिका ७ मार्बुटारका २३ वर्षिय युवक श्याम कुमार खड्कालाई मृत फेला पारिएको हो ।

तामाकोसी गाउँपालिका १ गोपिखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका उनलाई मेलुङ गाउँपालिका १ भ्याकुरे स्थित तामाकोसी नदी किनारमा फेला पारिएको प्रहरीले जनाएको छ । वेपत्ता भएको करिव २४ दिनपछि स्थानीय र प्रहरीको टोलीले उनलाई मृत फेला पारेको हो ।

उनी मैया निर्माण सेवा कम्पनीमा जेसिबी अपरेटरको रुपमा कार्यरत थिए । घट्नाबारे प्रारम्भिक अनुसन्धान भैरहेको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए ।

मेलुङ गाउँपालिका १ पवटीका ३६ वर्षिय दिपक भुजेल र कालिञ्चोक गाउँपालिका ७ का १९ वर्षिय नवराज पौडेल पनि तामाकोसी नदिमा बेपत्ता भएका थिए । माछा मार्ने क्रममा वेपत्ता भएका भुजेल यसअघिनै मृत अवस्थामा फेला परेका थिए ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०७७  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update