Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
पैसाले जितिरहेको राजनीति  

राजनीति भनेपछि मरिमेट्थे ‘शंकर अभागी’ । तर उनको दैनिकी फेरिएको छ, आजभोली । उनले राजनीतिका नाममा हुने बैठक, भेला, सभा, सम्मेलनको व्यस्तता छाडेको निकै भैसकेछ । त्यसैले उनी गुमनाम जस्तै छन् । राजनीतिमा सक्रिय रहँदा उनीसँग धेरैपटक रमाईला भलाकुसारी भएकाले पनि होला एकपटक फेरी भेटेर उनीसँग गफिन मन थियो ।  

संयोगबस माघे संक्रान्तिका बेला गाउँमा शंकरसँग भेट भयो । उनी गाई दुहुँदै गरेको भेटिए । उनले पाँच वटा उन्नत जातका गाई पाल्न थालेका रहेछन् । अहिले उनको अधिकांस समय त्यही काउफर्ममा बित्ने गर्छ । राजनीति चटक्कै छाडिसकेका भने छैनन् । फाट्टफुट्टा मात्रै कार्यक्रममा निस्कने गरेका छन् ।   

लामो समयपछि भेट्दा उनको चेहेरा पहिलेको जस्तो उज्यालो थिएन । राजनीतिका गफ छाँट्ने, तर्क–बितर्क गर्ने उत्साह देखिएन । तैपनि उनीसँग राजनीतिक प्रसंगमा गफ नहुने कुरै भएन । हामी गाईको तात्तातो दुध पिउँदै गफिन थाल्यौँ । 

‘किन हो पहिलेजस्तो राजनीतिमा एक्टिभ देखिँदैनौ नी शंकर दाई ? सुरुमै मलाई लागेको खुल्दुली व्यक्त गरिहालेँ । लामो सुस्केरा हाल्दै उनले कुरा सुरु गरे । जनप्रतिनिधिले गरेको व्यबहारको एउटा प्रसंग सुनाए । 

‘मैले आफ्नै बर्कतले चुनाव जितेको हुँ, चुनाव जित्न मेरो करोड खर्च भएको छ, तँपाईहरुले भनेको सबै माग पुरा गर्नुपर्छ भन्ने छैन ।’ विकास निर्माणका माग लिएर जाँदा एकजना निर्वाचित जनप्रतिनिधिले दिएको यो जवाफ शंकरको दिमागमा छाप बनेर बसेको रहेछ । 

शंकर स्थानीय जनतालाई साथमा लिएर गाउँको विकास निर्माणको फेहरिस्तसहित जनप्रतिनिधि कहाँ पुगेका थिए । निकै रस्साकस्सीपछि जनप्रतिनिधिको त्यस्तो जवाफ सुनेर उनीहरु निराश भएर घर फर्किए । त्यो घट्ना सम्झिँदै शंकर भन्छन्, ‘ती जनप्रतिनिधिमा जनताले माया गरेर भन्दापनि आफ्नो पैसाले चुनाव जितेको अहंकार प्रष्ट झल्किन्थ्यो । उनी जनताका माग र समस्याप्रति कम उत्तरदायी जस्ता देखिन्थे ।’ 

‘ती जनप्रतिनिधिमा जनताले माया गरेर भन्दापनि आफ्नो पैसाले चुनाव जितेको अहंकार प्रष्ट झल्किन्थ्यो । उनी जनताका माग र समस्याप्रति कम उत्तरदायी जस्ता देखिन्थे ।’ 

त्यसो त, ती जनप्रतिनिधि शंकरकै साथी महेन्द्र थिए । उनीहरु विद्यालय तहसम्मका क्लासमेट हुन् । पछि शंकर राजनीतिमा पुर्णकालिन बने । महेन्द्र जग्गा दलाली, ठेक्कापट्टाको कामतिर लागे । मनग्य पैसा कमाए । शहरमा उनको अलिसान बंगला छ । धेरै क्षेत्रमा लगानी छ । राजनीतिक नेतृत्वसँग उनको बाक्लो उठबस हुन्छ । निर्वाचनमा पार्टीले उनैलाई टिकट दियो । 

मुलुकले यस्ता धेरै निर्वाचन बेहोरिसक्यो । यसबीचमा जनताले हज्जारौं जनप्रतिनिधि चुनिसके । मुलुकमा बहुदल आएपछिका सबैजसो निर्वाचनको प्रत्यक्ष साक्षी बनिसके शंकर । उनको मनमा यतिबेला अनेकन अनौठा प्रश्नहरु उब्जिएका छन् । उनी प्रश्न गर्छन्, ‘लोकतन्त्रको सौन्दर्य मानिने आवधिक निर्वाचनले मुलुकलाई के दियो ? समिक्षा कहिले, कसले गर्ने ? 

निर्वाचनहरुमा देखे, भोगेका अनेक अस्वभाविक परिदृष्यहरुले उनको मन उद्धेलित छ । अशान्त छ । एकप्रकारको हिनताबोध, आत्मग्लानी, निराशा र वेचैनी छ । उनको मस्तिष्कमा बितृष्णा र आक्रोसको ज्वारभाटा छ । समकालिन राजनीतिमा असाध्यै निरिह बन्न अभिसप्त उभित्र उकुसमुकुसपुर्ण कुण्ठा छ ।  

विपी कोईराला, मदन भण्डारी, मनमोहन अधिकारी जस्ता नेताहरुबाट प्रभावित भएर उनी राजनीतिमा लागेका थिए । सामान्यतः शंकरले राजनीति भनेको जनताको सेवा बुझेको थियो । श्रेष्ठताका लागि गरिने प्रतिस्पर्धात्मक अभ्यास भन्ने सोचेको थियो ।  त्यहाँ विचार/सिद्धान्त हुन्छ । एजेण्डासहित स्वच्छ प्रतिस्पर्धा हुन्छ । निष्ठा, आदर्श, ईमान र नैतिकता हुन्छ । त्याग, तपस्या, समर्पण र वलिदान हुन्छ । क्षमता, योग्यताको कदर, मुल्यांकन हुन्छ । यही कसीमा उत्कृष्ट ठहरिएका सही पात्रलाई जनताले आफ्नो प्रतिनीधि छनोट गर्छन्, भन्ने लागेको थियो उनलाई । 

तर उसले पढेको, बुझेको र आज भोगिरहेको राजनीति ठ्याक्कै उल्टो छ । शंकरको राजनीतिक विगत सुन्दा यस्तो लाग्छ, इमान, निष्ठा, नैतिक मुल्य र आदर्श राजनीतिका लागि गौण बनेको छ । साम, दाम, दण्ड, भेदले प्रधानता पाएको छ । चुनावका लागि पैसा प्रमुख अनिवार्य पुर्वशर्त जस्तै बनेको छ । राजनीतिको परिभाषा बदलिएको छ । छलछाम, षड्यन्त्र, जालझेल, तिकडम, दाउपेच, बेईमानी राजनीतिको विशेषता बनेको छ । यो विशेषता र गुणयुक्त मान्छे मात्रै आजको राजनीतिमा योग्य हुन्छ सायद । 

राजनीतिको परिभाषा बदलिएको छ । छलछाम, षड्यन्त्र, जालझेल, तिकडम, दाउपेच, बेईमानी राजनीतिको विशेषता बनेको छ । यो विशेषता र गुणयुक्त मान्छे मात्रै आजको राजनीतिमा योग्य हुन्छ सायद । 

शंकरले प्राप्त गरेको स्कुलिङमा ‘खुला र स्पष्ट हौ, जलझेल र षड्यन्त्र होईन, जनताबाट लिएको सियोधागो पनि फिर्ता गर’ भन्ने माओत्सेतुङको चर्चित भनाई निकै सुनेको थियो । धेरै नेताहरुको आजको व्यवहार, प्रबृत्ति, चरित्र र आचरण देख्दा उसलाई विगत सम्झेर धिकार्न मात्रै मन लाग्छ । अनि जनताहरुले पनि त्यस्तै नेताहरुलाई मानिरहँदा पैसा नहुने सोझा र ईमान्दारहरुहरुको दिन गएछ झै लागेको छ । 

‘अब पैसा बिना राजनीति सम्भब छैन, चुनाव लड्ने हो भने कमाउनतिर लाग, मैले करोड भन्दा बढी खर्च गरेर मात्रै चुनाव जितेँ ।’ साथी महेन्द्रले भनेको कुरा सम्झेर शंकर जिब्रो टोक्छन् । 

स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म निर्वाचित जनप्रतिनिधिको चुनाव खर्च सुनिरहँदा शंकर आश्चर्यचकित छन् । शंकर थप कुरा गर्ने मुडमा देखिए । राजनीतिमा देखे, भोगेको बिकृति, पिडा र असन्तुष्टि एकैसाथ पोख्न थाले । 

‘उनीहरु निर्वाचन आयोगमा औपचारिकताका लागि चुनावी खर्च बुझाउँछन् । अनौपचारिक गफहरुमा खास चुनावी खर्चको फेहरिस्त सुनाउँछन् । वडा अध्यक्षका लागि बिसौं लाख, गाउँ/नगर पालिका प्रमुखका लागि करोड प्लस, प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि करौडौं करोड खर्च भएको रेकर्ड सुनिन्छन् । पैसादेखि खाद्यन्न, दैनिक उपभोग्य बस्तु, पाईप र वाईफाईका राउटर जस्ता अनेक सामान बाँडेर चुनाव जितेको निसंकोच र सगर्व सुनाउँछन् । त्यति मात्र कहाँ होर, त्रिसुल समाउन लगाएर, मन्दिरमा कसम खुवाएर चुनाव जित्ने लज्जाजनक कुरुप प्रबृत्ति र संस्कारले निर्वाचन जितिरहेको छ । सबै जनप्रतिनिधिहरुले यसरी चुनाव जितेनन् होला । तर आम प्रबृत्ति यही दिशातर्फ उद्धत छ ।’ 

पैसादेखि खाद्यन्न, दैनिक उपभोग्य बस्तु, पाईप र वाईफाईका राउटर जस्ता अनेक सामान बाँडेर चुनाव जितेको निसंकोच र सगर्व सुनाउँछन् । त्यति मात्र कहाँ होर, त्रिसुल समाउन लगाएर, मन्दिरमा कसम खुवाएर चुनाव जित्ने लज्जाजनक कुरुप प्रबृत्ति र संस्कारले निर्वाचन जितिरहेको छ ।

शंकरका अनुभवजन्य कुरा कति मार्मिक छन्, एकोहोरो सुनिरहुँजस्तो । त्यसैले होला, मलाई कुनै प्रतिप्रश्न गर्न मनै लागेन । ध्यान दिएर सुनिरहेँ । उसको कुरामा बर्तमान राजनीतिको यथार्थ चित्रण छ । त्यसबाट अवाक उनी भित्रको कुण्ठित असन्तुष्टिका ज्वारभाटा धाराप्रबाह पोखिरहेको छ । 

‘उद्धेकलाग्दो यस्तो बिकृतिले राजनीति विचार र एजेण्डाविहिन बन्दैछ । राजनीति आफैमा राम्रो हुँदाहुँदै फोहोरी खेल हो भन्ने भाष्यलाई सही मान्नुपर्ने बाध्यता आईलाग्दैछ । राजनीतिक दलहरु विचार÷एजेण्डा भन्दा एकअर्कालाई आरोप प्रत्यारोप, तथानाम गालीगलौज, दोषारोपण गरेर चुनाव जित्ने होडबाजीमा रमाउँछन् । त्यसैका पछि लाग्छन् कार्यकर्ता । उनीहरु लड्छन्/भिड्छन् । मारामार गर्छन् । आग्रह, पुर्वाग्रह, इगो, प्रतिशोध र बदलाभावको मानसिकता बोकेर चुनावी मैदानमा उत्रन्छन् । जनतामा ईमोस्नल व्ल्याकमेलिङ गर्छन् । 

त्यहाँ विचार/एजेण्डाको बहस छैन । उम्मेदवारको क्षमता, योग्यताको प्रश्न छैन । यसैलाई भनिन्छ होला विचारको खडेरी र शुन्यता । विचार, एजेण्डा र दृष्ट्रिकोणविहिनताले समाजलाई अराजकतातर्फ डो¥याउँदैछ । नयाँ पुस्तापनि भावनामा बहकिएर नयाँ होस् या पुराना भीडतन्त्रको पछि लाग्दैछ । पुराना खराबै खराब, नयाँ असलै असल, अथवा नयाँ खराबै खराब, पुराना सबै असल । यस्तो दृष्टिदोषयुक्त मनोविज्ञान र बुझाईले नयाँ पुस्तामा घर गरिरहेको छ । यस्तो लाग्छ, पुराना वा नयाँको अन्धभक्त भन्दा माथि उठेर सहीलाई सही गलतलाई गलत भन्ने आलोचनात्मक चेत र बिवेक आजको समाजले खोजिरहेको छ ।’ 

यस्तो लाग्छ, पुराना वा नयाँको अन्धभक्त भन्दा माथि उठेर सहीलाई सही गलतलाई गलत भन्ने आलोचनात्मक चेत र बिवेक आजको समाजले खोजिरहेको छ ।’ 

शंकरको कुरा सुनिरहँदा मेरो अन्तस्करणले प्रश्न गरिरहेको छ, विचार, एजेण्डा र व्यक्तित्व बुझेर कति प्रतिशत जनताले स्वविवेकले भोट दिँदा हुन् ? वौद्धिक जागरणको अभावले समाज कतै अन्धकारको सुरुङतर्फ धकेलिँदै त छैन ? दुनियाँ विकसित र आधुनिक भएर के भो, जहाँ इमान, स्वाभिमान, संस्कार, नैतिकता, अनुशासन, वौद्धिकता, विवेक शुन्यप्रायः छ भने त्यो एक प्रकारको अन्धकार नै हो । अन्धकारमा नागरिकले सही/गलत छुट्याउन सक्दैनन् । सही÷गलत नछुट्टिएको समाज सँधै कलह, बिग्रह, बैमनस्यता र अस्थिरताको शिकार भैरहेको हुन्छ । त्यही चक्रव्युह र गोलचक्करमा फसिरहेको पो छ कि हाम्रो समाज ?  

अग्रजहरुले सुरु गरेको त्यति सुन्दर र आदर्शवादी राजनीतिको यति छिट्टै बिसर्जन र भ्रष्टिकरण होला भनेर शंकरले कल्पनासम्म पनि गरेका थिएनन् । तर भैदियो त्यस्तै । राजनीतिको नाममा आज जे गर्दा पनि भएको छ । राजनीतिलाई कमाउने पेशा, विजनेस बनाईएको छ । भ्रष्टाचार, दलाली, कमिसनको अखडा बनाईएको छ । नेताहरुको यस्तै यस्तै कमजोरीले निराशाको गर्भबाट आक्रोस जन्मिरहेको छ । व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको छ । 

शंकरमा निर्वाचित भएर जनताको सेवा गर्ने र राम्रो काम गरेर देखाउने हुटहुटी छ । जनप्रतिनिधि बनेर जनताको सेवा गर्ने उसको लक्ष्य, उदेश्य र सपना हो । तर निर्वाचनमा गलत प्रबृत्ती हाबी भैरहँदा एउटा निम्न बर्गको मान्छे शंकर राजनीतिमा सक्रिय रहने वा नरहने दोधारमा छ । बिलखबन्दमा छ । चटक्कै छोडौ त राजनीतिमा आजसम्मको त्याग, तपस्या, समर्पण र योगदान त्यत्तिकै खेर जाने, नछाडौं त पैसा बिना उसले राजनीति गर्नै सक्दैन । शंकरसँग निर्वाचन सामना गर्ने सबथोक छ, अभाब छ त केबल पैसाको । सायद शंकरले अब पैसाकै कारण राजनीतिबाट बिदा लिनुपर्ने बेला आएको छ । 

राजनीतिलाई कमाउने पेशा, विजनेस बनाईएको छ । भ्रष्टाचार, दलाली, कमिसनको अखडा बनाईएको छ । नेताहरुको यस्तै यस्तै कमजोरीले निराशाको गर्भबाट आक्रोस जन्मिरहेको छ । व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको छ । 

समाज परिबर्तन र जनताको लागि भन्दै उसले आफ्नो उर्बर/उर्जावान समय बितायो । सर्बहारा÷श्रमजीवी वर्ग, मजदुर, किसान, हलि, गोठाला, हरुवा, चरुवा जस्ता उत्पीडित, पिछडिएका वर्ग, जाती, क्षेत्र र लिङ्गका समुदायको पक्षमा नारा लगाउँदै हिड्यो । मुक्ति, न्याय, समानता, स्वतन्त्रताको आवाज बुलन्द ग¥यो । सबैखाले अन्याय, अत्याचार, शोषण, दमन, उत्पीडन, विभेद, छुवाछुत, असमानताको बिरुद्ध जनतालाई संगठित ग¥यो । बिद्रोहको आवाज ओकल्यो । क्रान्तिको झण्डा बोक्यो । 

उ कमाउनतिर लागेन । व्यक्तिगत स्वार्थहरुलाई तिलाञ्जली दियो । सुखसयल, ऐस, आराम, मोजमस्ती, भोकबिलास, ऐश्वर्य त्यागिदियो । परिवारको सदस्य र आफन्त गुमायो । राजनीतिका नाममा दर्जनौं भोटोहरु फटायो । त्याग तपस्या ग¥यो । घाईते भयो । जेलनेल भोग्यो । उसले सर्बस्व गुमायो भन्दा पनि फरक नपर्ला ।  

उनीजस्तै मान्छेहरुको बिद्रोह र आन्दोलनले सामन्तवादी शासन व्यवस्था पनि ढल्यो । संघीय लोकतान्त्रिक गणतन्त्र आयो । आज उसैले लडेर ल्याएको गणतन्त्रको प्रतिनिधि बन्न पैसाको मोलमोलाई छ । पैसा नभएर उसलाई प्रत्यक्ष चुनाव लड्न त बर्जित गरियो नै, समानुपातिक आरक्षण पनि सभ्रान्तहरुलाई खरिदबिक्री गरिएको उसले सुन्यो । समानुपातिक अबसरबाट पनि बञ्चित भए उनी ।  

पैसा नभएर उसलाई प्रत्यक्ष चुनाव लड्न त बर्जित गरियो नै, समानुपातिक आरक्षण पनि सभ्रान्तहरुलाई खरिदबिक्री गरिएको उसले सुन्यो । समानुपातिक अबसरबाट पनि बञ्चित भए उनी ।  

कयौं नेताहरुमा बिचलन आउँदा पनि उसले निष्ठा, नैतिकता र ईमान्दारिताको पहिचान बचायो । क्षमता, योग्यता बनायो । तर आजको राजनीतिमा उ अयोग्य सावित भएको छ । किनकी उसँग पैसा छैन । पैसाको खोलो बगाउन सक्दैन । पैसा नभएपछि उसले टिकट पाउँदैन । जनताले भोट दिँदैनन् । शंकर न, राजनीतिमा जम्न सक्यो, न आर्थिक हैसियत बलियो बनाउन सक्यो । उ वल्लो घाट न पल्लो तिर जस्तै भएको छ । नदीको मझधारमा उभिएका उनी डुब्छन् या पार गर्छन् भन्न सकिँदैन । 

उनी भन्छन्, ‘स्वर्गीय नेता गणेशमान सिंहले जनतालाई भेडा त्यतिकै भनेका होईन रहेछन् । जनताले मदिरा, मासुभात, पैसा र अरु सबथोक त्यागेर स्वबिवेक प्रयोग गरेर भोट हाल्ने दिन कहिले आउला ?’ त्यस्तो दिन आए सायद म जस्ता भुईमान्छेहरु पनि निर्वाचन लडेर जनप्रतिनिधि चुनिने अबसर मिल्थ्यो होला । जनताको सेवा गर्ने र साँच्चै सामाजिक न्याय सहितको समृद्ध मुलुक निर्माणमा योगदान पु¥याउन सकिन्थ्यो कि !’ 

अहिलेकै महंगीमा राजनीतिमा उ चुनाव लड्न त परै जाओस्, उसलाई परिवार चलाउन पनि धौधौ छ । शंकरहरु कोपभाजनमा छन् । महेन्द्रहरु जनप्रतिनिधिका लागि योग्य बनेका छन् । राजनीति यस्तै नियतीबाट गुज्रिरहेको छ । निर्बाचनमा शंकरले टिकट पाउने र जनताले स्वबिवेकले मत दिने समय आउँछ, आउँदैन, थाहा छैन । तर शंकरले यति कुरा गरिरहँदा अनयासै मन भावनामा डुबिसकेछ । आँखामा जम्मा हुन थालेका अश्रुलाई जबरजस्ती थाम्दै मैले भने ‘शंकर दाई चिन्ता नगर्नुस्, तँपाईहरुले लडेर ल्याएको लोकतन्त्रमा हामीले बोल्न, लेख्न पाएका छौँ, त्यसैमा गर्ब गर्नुस् ।’ 

यसो भन्दै मैले उनीसँग बिदा माग्ने बिचार गरेँ । किनकी उनी नाम्लो खोजेर घाँसपातमा निस्किन हतारिएको बुझ्न सकिन्थ्यो । ‘फेरी भेट्नुपर्छ है’ भन्दै हामी बिदा भयौँ । 

बिकृत राजनीतिबाट पीडित शंकर एकजना प्रतिनिधिपात्र हुन् । उनीसँगको भलाकुसारीले मन रनभुल्लमा परेको छ । हामीले साँचो अर्थमा लोकतन्त्रको अभ्यास गरिरहेका छौं या निर्वाचनदेखि निर्वाचनसम्मको कर्मकाण्ड पुरा गरिरहेका छौं ? के हामी राजनीतिको सबैखाले प्रदुषण सफा गरेर उन्नत लोकतन्त्रको अभ्यास गर्न सक्छौं ? मनमा यो यक्ष प्रश्न बनेर खडा भएको छ । 

 

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  २१:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update