Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
हिलेपानी स्वर्ण महोत्सव : जसले विद्यालयलाई खुलेर आर्थिक सहयोग गरे (हेर्नुस् नामावली) 

चरिकोट । विद्यालयलाई ज्ञानको पवित्र मन्दिरको रुपमा लिईन्छ । त्यही भएर सायद नागरिकहरु शैक्षिक संस्थाप्रति धेरै माया दर्शाउँछन् । दोलखाको कालिञ्चोक गाउँपालिका–४, स्थित हिलेपानी संस्कृत माविले अहिले त्यस्तै माया पाईरहेको छ । विद्यालय ५० वर्षमा प्रबेश गरेको अबसरमा आयोजित स्वर्ण महोत्सव सफल बनाउन स्थानीय नागरिक, पुर्व शिक्षक, विद्यार्थी, समाजसेवी लगायत बिभिन्न व्यक्ति तथा संघ/संस्थाले खुलेर सहयोग गरिरहेका छन् । 

सोही विद्यालयमा अध्ययन गरी देश/बिदेश पुगेर जव गरिरहेका देखि बिभिन्न पेशा व्यवसायमा आबद्ध पुर्ब विद्यार्थीहरुले अझ बढी विद्यालयलाई आर्थिक सहयोग मार्फत माया दिएका छन् । स्वर्ण महोत्सवको छोटो तयारीका बीच प्राप्त भएको सहयोग प्रति विद्यालयका प्रअ भीमकुमार पाण्डेले खुसी व्यक्त गरे । ‘छोटो तयारीमा स्वर्ण महोत्सवको आयोजना ग¥यौँ, तैपनि स्वतस्फुर्त रुपमा राम्रो सहयोग प्राप्त भएको छ, विद्यालयले त्यसलाई पारदर्शी ढंगले सदुपयोग गर्नेछ, उनले भने ।’

विद्यालयले सार्बजनिक गरेको शुक्रबारसम्मको बिबरण अनुसार ११ लाख रुपैयाँ भन्दा बढी सहयोग जुटिसकेको छ । सहयोगी दाताहरुको नामावली र सहयोगको बिबरण विद्यालयले आफ्नो आधिकारिक फेसबुक पेजमा राखेको छ । जसअनुसार हालसम्म ११ लाख २९ हजार ४२८ रुपैयाँ सहयोग जुटेको छ । 

विद्यालयले प्राप्त गरिरहेको सहयोगले थप जिम्मेवारी बोधका साथ काम गर्ने हौसला मिलेको सहायक प्रअ डम्बर बहादुर थामील बताए । उनी भन्छन् : ‘विद्यालयले अहिले सबैको राम्रो साथ सहयोग पाईरहेको छ, जसका कारण विद्यालयको शैक्षिक गुणस्तर सुधारमा टेवा पुग्नेछ ।’

स्वर्ण महोत्सवमा जुटेको सहयोग सकभर जोगाएर शैक्षिक सुधारमा खर्च गर्ने विद्यालयको तयारी रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिराज भण्डारीले बताए । 
सहयोगी दाताहरुको नामावली :

475698938_569567976235596_3892101434685541208_n-1738393024.jpg
 

475468285_569568049568922_6568336119385357110_n-1738392855.jpg
 

475895465_569568149568912_620281714295923233_n-1738392723.jpg
 

475425976_569568236235570_5503218832597982344_n-1738392663.jpg
 

475784759_569568299568897_9011882897236105191_n-1738392599.jpg
 

475679776_569568356235558_3169465000756511282_n-1738392512.jpg
 

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update