Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कादुरीको सहयोगमा दुर्गम थामी बस्तीको घरघरमा खानेपानीको धारा

मन्थली । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाको दुर्गम थामी बस्तीमा खानेपानीको पहुँच पुगेको छ । हङ्कङको कादुरी एग्रिकल्चर एड् एसोसिएसन ब्रिटिस गार्खाज नेपाल पोखराले एक घर एक धारा निर्माण गरिदिएपछि थामी बस्तीमा खानेपानीको पहुँच पुगेको हो ।

वडा सदस्य मंगले थामीका अनुसार डडुवाको चारवटा वस्तिहरू मझुवा, पाखाटोल, दलेचौर र सल्लेटारका थामी, तामाङ, मगर र क्षेत्री समुदायको बस्तीमा कूल १ सय ८२ वटा धारा निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ । ती बस्तीमा थामी समुदायको बाहुल्यता छ । ‘कूल १ सय ९७ वटा घर र २ वटा विद्यालयलाई गरी ९९ वटा धारा स्टमेट गरिएकोमा केही घर मानेनन्, बाँकी १ सय ८२ घरधुरी खानेपानीबाट लाभान्वित भएका छन्, उनले भने ।’

IMG-20250128-WA0000-1738050309.jpg
कूल १ करोड ८२ लाखको लागतमा उक्त खानेपानी योजना संचालनमा आएको हो । योजनाको आईतबार औपचारिक उद्घाटन गरियो । आयोजना निर्माणको लागि संस्थाले कूल १ करोड ६१ लाख ९९ हजार रुपैँया उपलब्ध गराएको थियो । स्थानीयले २१ लाख ३९ हजार रुपैँया बराबरको श्रमदान गरेका थिए । 

IMG-20250128-WA0003-1738050308.jpg
कादुरी च्यारिटेवल फाउण्डेशन हङ्कङका डाइरेक्टर पिटर पाउल डी ग्रुटेको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा कादुरी एग्रिकल्चरल एसोसिएसन नेपालका डाइरेक्टर कर्नेल एन्द्रियु मिल्ज, कादुरी एग्रिकल्चरल एसोसिएसन नेपालका टेक्निकल डाइरेक्टर डा.नारायण गुरुङ, दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाका वडाध्यक्ष प्रेम लामा लगायत स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा तथा उपभोक्ताहरूको सहभागिता रहेको थियो । उद्घाटन कार्यक्रममा स्थानीय संस्कृति समेत प्रदर्शन गरिएको थियो । 

IMG-20250128-WA0001-1738050310.jpg
आयोजना अन्तर्गत एउटा इन्टेक, एउटा फिल्टर टङ्की, तीनवटा डिस्टिब्युसन च्याम्बर तथा सातवटा रिजर्भ टैङ्की बनेका छन् । आयोजना निर्माणको लागि १४ हजार ४ सय ५१ मिटर पाइप खर्च भएको छ । सबै खानेपानीको धारामा मिटर जडान गरिएको छ । गत कात्तिक २६ गतेबाट सुरु गरिएको योजनाको काम माघ ८ गते सम्पन्न भएको हो । 

खानेपानी योजना बनेपछि स्थानीयले स्वच्छ पिउने पानी पाएका भन्दै कादुरी एग्रिकल्चरल एसोसिएसन नेपालका टेक्निकल डाइरेक्टर डा.नारायण गुरुङले खुसी व्यक्त गर्दै योजनाको उचित संरक्षणको काममा लाग्न आग्रह गरे । 

गएको भदौ महिनामा भीषण वर्षापछिको पहिरोका कारण डडुवाको थामी बस्तीमा ठुलो क्षति पुगेको थियो । 

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update