चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिका–४ लामिडाँडा स्थित हिलेपानी संस्कृत माध्यामिक विद्यालय स्वर्ण महोत्सवको तयारीमा जुटेको छ । विद्यालयले स्थापनाको ५० वर्ष पुरा गर्न लागेको अबसरमा बिभिन्न कार्यक्रमका साथ पाँच दिनसम्म स्वर्ण महोत्सव मनाउन लागेको हो ।
हामी सबैको ईच्छा : गुणस्तरीय, व्यवहारिक र प्रविधियुक्त शिक्षा भन्ने नाराका साथ विद्यालयले स्वर्ण महोत्सवको तयारी गरिरहेको छ । यही माघ १७ देखि २१ गतेसम्म बिविध कार्यक्रमको आयोजना गरेर विद्यालयको स्वर्ण महोत्सव मनाउन लागिएको प्रधानाध्यापक भीमकुमार पाण्डेले जानकारी दिए ।
उनका अनुसार पहिलो दिन विविध साँस्कृतिक प्रस्तुतीहरुका साथ स्वर्ण महोत्सवको उद्घाटन हुनेछ । जिल्लाका संघीय सांसद गंगा कार्की ‘विश्व’ ले कार्यक्रमको उद्घाटन गर्नेछन् । दोस्रो दिन जिल्ला स्तरीय वतृत्वकला प्रतियोगिता, गाउँपालिका स्तरीय साँस्कृतिक नृत्य प्रतियोगिताको आयोजना गरिनेछ ।
त्यस्तै तेस्रो दिन गाउँपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता, चौथो दिन गाउँपालिका स्तरीय छात्र भलिबल प्रतियोगिता हुनेछ । पाँचौ दिन भलिबलको फाईनल खेल, सम्मान तथा पुरस्कार बितरणसँगै स्वर्ण महोत्सवको समापन गरिनेछ ।
सह–प्रधानाध्यापक डम्बरबहादुर थामीले सबै सरोकारवालाहरुको सहयोगमा विद्यालयले ५० औँ वर्ष पुरा गर्न लागेकोले शैक्षिक गुणस्तरलाई थप अभिबृद्धि गर्ने संकल्पका साथ स्वर्ण महोत्सव मनाउन लागिएको बताए ।
०३१ सालमा स्थापना भएको हिलेपानी संस्कृत मावि जिल्लाको पुरानो शैक्षिक संस्था मध्येको एक हो । यो विद्यालय जिल्लाको संस्कृत विषय अध्यापन गराउने एक मात्र शैक्षिक संस्थाको रुपमा स्थापित थियो । द्धन्द्धकालमा हटाईएको संस्कृत विषय हाल विद्यार्थी अभाव लगायतका कारण सुचारु हुन सकेको छैन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिराज भण्डारीले समस्या, चुनौतीहरुका बाबजुत विद्यालयले स्वर्ण वर्ष पुरा गर्नु खुसीको विषय भएको बताउँदै शैक्षिक गुणस्तर बढाउने प्रयास जारी रहेको बताए ।
विद्यालयमा लामिडाँडा, लापिलाङ र बावरेका १७५ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने १९ जना शिक्षक÷कर्मचारी कार्यरत छन् । २०४८ सालदेखि एसएलसी परीक्षामा विद्यार्थी सामेल गराउँदै आएको यो विद्यालयले भौतिक पुर्वाधारको समस्या झेल्दै आएको छ । २४ सय वर्गमिटर क्षेत्रफलमा ८ कोठे र ६ कोठ पक्की भवन र ट्रस्टका दुई÷दुई कोठे ४ वटा भवनहरु छन् । साँघुरो क्षेत्रफल र भौतिक पुर्वाधार अभावका कारण विद्यालयले पठनपाठनमा समस्या झेल्दै आएको प्रअ पाण्डेले बताए ।
विद्यालयलाई सहयोग जुट्दै
स्वर्ण महोत्सवको अबसरमा विद्यालयको शैक्षिक उन्नयन लागि सहयोग प्रदान गर्न विद्यालयले सरोकारवालाहरुलाई आव्हान गरेको छ । जसअनुसार स्वर्ण महोत्वस सफल बनाउन आर्थिक सहयोग जुट्ने क्रम जारी छ । स्थानीय समाजसेवी, बुद्धिजीवी, शिक्षाप्रेमी, समाजसेवी र अभिभावकहरुले विद्यालयलाई खुलेर आर्थिक सहयोग गरिरहेका छन् ।
आर्थिक एवं भौतिक सहयोग गर्ने व्यक्तिहरुको नामावली हिलेपानी स्वर्ण स्मारिकामा प्रकाशन हुनेछ । दश हजार वा सो भन्दा बढी आर्थिक वा भौतिक सहयोग गर्ने व्यक्तित्वहरुको नामावली विद्यालयको स्वर्ण स्तम्भको शिलालेखमा उल्लेख हुने विद्यालयले जनाएको छ ।
हालसम्मका सहयोगी दाताहरुको नामावली :
१. वडाअध्यक्ष दिपक खुलाल–१८,८८८/–
२. पूर्वविद्यार्थी अम्बर खतिवडा–२०,०००/–
३. पूर्वविद्यार्थी जगत खत्री–१०,०११/–
४. पूर्वविद्यार्थी सन्तोष थापा–१०,१०५/–
५. पूर्वविद्यार्थी सन्तोष कार्की–११,१११/–
६. पूर्वविद्यार्थी चित्र बहादुर खड्का–११,५५५/–
७. समाजसेवी लाल कुमार पाठक–११,६६६/–
८. पूर्वविद्यार्थी ध्रुवराज कार्की र गोमा कार्की–१५,६७८.९०/–
९. पूर्वविद्यार्थी यज्ञराज घिमिरे–१०,०००/–
१०. पूर्वविद्यार्थी राजेन्द्र कार्की–१०,१११/–
११. पूर्वविद्यार्थी सुदिप बस्नेत–३७,१०५/–
१२. व्यवसायी विमल ओली–५,०००/–
१३. पूर्वविद्यार्थी सन्तोष कार्की–५१,०००/–
१४. पूर्वविद्यार्थी भगवती अधिकारी (खुशी)–१५,०००/–
१५. पूर्वविद्यार्थी पण्डित सुशिल भण्डारी–११,१११/–
१६. पूर्वविद्यार्थी चण्डिका घिमिरे पन्थी–११,१११/–
१७. पूर्वविद्यार्थी इश्वर बस्नेत–११,१३६/–
१८. पूर्वविद्यार्थी रुपेश थापा–११,१५८/–
१९. विद्यालय व्यवस्थापन समिति अध्यक्ष, हरिराज भण्डारी–१५,५५५/–
२०. हिलेपानी मावि प्रधानाध्यापक, भीमकुमार पाण्डे–२३,३३३ /–
२१. शिक्षक अभिभावक संघ अध्यक्ष, बुद्धि बहादुर बानिया–१०,१११/–
२२. विव्यस सदस्य, टिकाराम न्यौपाने–१०,१११ /–
२३. नेपाली विषयका शिक्षक सुवास चन्द्र सेढाई–१५,५५५/–
२४. शिक्षक राम कुमार केसी–१०,५०५/–
२५. कार्यालय सहयोगी श्याम खत्री–५,१०५/–
२६. सहायक प्रधानाध्यापक डम्बर बहादुर थामी–१५,५५५/–