Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नयाँ नेतृत्व चयनका लागि अखिल क्रान्तिकारीमा मतदान

काठमाडौं । अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि आज मतदान भएको छ । क्रान्तिकारी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र निकट विद्यार्थी संगठन हो । 

२३औं सम्मेलनबाट सर्बसम्मत नेतृत्व चयनको प्रयास असफल भएको थियो । त्यसको लामो समयपछि अध्यक्षसहित नयाँ कार्यसमितिका लागि आज मतदान भैरहेको हो । 
मतदान सकिएपछि आजै रातिदेखि मत गणना सुरु गर्ने तयारी छ ।

मतदानबाट ३३ पदाधिकारीसहित ३१२ केन्द्रीय सदस्य चयन हुनेछन् । त्यसका लागि दुई हजार ३९८ जना प्रतिनिधिले मतदान प्रक्रियामा भाग लिएका छन् । उम्मेदवारका विषयमा दाबी विरोधपछि २० जनाको उम्मेदवारी निर्वाचन समितिले रद्द गरेको छ ।

उम्मेदवार कायम रहेकामध्ये अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ । जसमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई र विजयप्रकाश शर्मा प्रतिस्पर्धामा छन् ।

खुला र आरक्षण गरी नौ जना उपाध्यक्ष पदका लागि ४४ जना र महासचिवमा आठ जनाको उम्मेदवारी परेको छ । नौ उपमहासचिवका लागि ३६ जना र १२ सचिवका लागि ५३ जनाको उम्मेदवारी कायम भएको छ । एक कोषाध्यक्ष पदका लागि चार जना उम्मेदवार रहेका छन् ।

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update