Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
जेठ २ देखि ४ सम्म सगरमाथा संवाद गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादको घोषणा गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा उनले आउँदो जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद आयोजना हुने औपचारिक घोषणा गरेका हुन् ।  

सगरमाथा संवादको घोषणा गर्दै उनले जलवायु परिवर्तनको मुद्दा उठाउन सगरमाथा संवादको आयोजना आवश्यक रहेको बताए । सगरमाथा संवादमा सहभागी हुन अन्तर्राष्ट्रिय नियोग र संघसंस्थालाई प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।

घोषणा समारोहमा विभिन्न देशका राजदूत, अन्तर्राष्ट्रिय नियोगका दूतहरू, सरोकारवाला निकायहरू र जलवायु परिवर्तन विज्ञहरू उपस्थित थिए ।
जलवायु परिवर्तनको मुद्दालाई विश्मै नेतृत्वदायी र जलवायु न्यायका लागि पैरवी गर्न सरकारले सगरमाथा संवाद आयोजना गर्न लागेको हो ।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update