नियम विपरीत रोडाढुंगा उत्खनन रोक्न सर्वोच्चको परमादेश
काठमाडौं । सर्वोच्च अदालतले कानुन बिपरित राडाढुंगा उत्खनन् रोक्न परमादेश जारी गरेको छ । देशभरिका खोला तथा नदीनालामा कानुन विपरीत भएका रोडाढुंगा उत्खननको काम रोक्न सर्वोच्चले सरकारका नाममा आदेश जारी गरेको हो ।
न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र टेकप्रसाद ढुंगानाको इजलासले आदेश दिएको हो । देशभरि भइरहेको अवैध उत्खनन रोक्न सरकारलाई आदेश दिँदै त्यस्ता काममा संलग्न व्यक्ति, कम्पनी र संस्थालाई कारबाहीको दायरामा ल्याउन आदेशमा भनिएको छ ।
देशभरिका खोला तथा नदीनालामा भएको अवैध उत्खनन रोक्न माग गर्दै वातावरण कानुन समाज नेपाल, त्यसका अध्यक्ष पदमबहादुर श्रेष्ठ र एक्स्फोर्ट ल्याबले सर्वोच्च अदालतमा दुई छुट्टाछुट्टै रिट निवेदन दर्ता गरेका थिए ।
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१ १८:३८
प्रतिक्रिया दिनुहोस्