माघ १८ मा संसदको हिउँदे अधिवेशन बोलाउने निर्णय
काठमाडौं। सरकारले यही माघ १८ बाट संसद्को हिउँदे अधिवेशन बोलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले अधिवेशन आह्वानसम्बन्धी सिफारिस अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ । संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।
वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो । संसदको हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनको रुपमा लिईन्छ ।
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१ १८:२०
प्रतिक्रिया दिनुहोस्