Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
चालु आर्थिक वर्षमा झण्डै एक खर्बको वस्तु निर्यात

काठमाडौं । नेपालले चालु आर्थिक वर्षमा झण्डै एक खर्बको वस्तु निर्यात गरेको छ । २०८१ साउन यता करिब एक खर्ब (९८ अर्ब ७९ करोड) रूपैयाँ बराबरको वस्तु निर्यात भएको हो । यद्यपी यो निर्यात आयातको अनुपातमा निकै कम हो । पछिल्लो तीन महिनादेखि भने निर्यातमा उच्च वृद्धि देखिएको छ । 

करिब साढे दुई वर्षदेखि आयात र निर्यात व्यापार लगातार कम हुँदै गएकोमा पछिल्ला तीन महिनामा उल्लेख्य बृद्धि भएको भन्सार विभागले जनाएको छ । 

हालसम्म नेपालले गरेको अन्तर्राष्ट्रिय व्यापारमा वार्षिक दुई खर्ब रूपैयाँसम्म निर्यात पुगेको थियो। आर्थिक वर्ष २०७८र७९ मा भएको दुई खर्ब  तीन करोड रूपैयाँ नै अहिलेसम्मको उच्च निर्यात हो। 

पछिल्लो तीन महिनाको रफ्तारले यो वर्ष  हालसम्मकै उच्च निर्यात हुने आकलन गरिएको छ।
 

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update