एसईई परीक्षा संचालन नगर्ने सरकारको निर्णय
काठमाडौँ — यस वर्ष एसईइको नियमित परीक्षा नहुने निश्चित भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा संचालन नगर्ने निर्णय गरेको हो । परीक्षा नहुने भएपछि कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा हुने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले आजको मन्त्री परिषद बैठकमाा यो प्रस्ताव पेश गरेर पारित गराएका हुन् । मन्त्री वर्षमान पुनका अनुसार एसईई खारेज नभइ विद्यालयलाई जिम्मा दिइएको हो । यसमा पनि आन्तरिक परीक्षा र मूल्याङ्नक हुने उनले बताए ।
अवेर सकिएको मन्त्रिपरिषद् बैठकका निर्णय औपचारिकरुपमा सार्वजनिक गरिएको छैन । सरकारका प्रवक्ताले भोलि बिहीबारमात्रै निर्णयबारे जानकारी दिने बताइएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७ २२:३०
प्रतिक्रिया दिनुहोस्