चरिकोट । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दोलखाको पाँचौ अधिबेशन सम्पन्न भएको छ । सदरमुकाम चरिकोटमा सम्पन्न अधिवेशनले अर्जुन पाख्रिनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
अध्यक्षमा पाख्रिन दोस्रो कार्यकालका लागि दोहोरिएका हुन् । अधिवेशनबाट उपाध्यक्षमा धनराज तामाङ, सचिवमा मार्मेन तामाङ, सहसचिवमा किशोर कुमार गुरुङ र कोषाध्यक्षमा राजकुमार भुजेल निर्वाचिन भएका छन् । सदस्यहरुमा सुजन थामी, दावा तामाङ, प्रेम कुमार तामाङ र मुना गरुङ चयन भएका छन्।
कार्यक्रममा मेलुङ गाउँपालिका अध्यक्ष हिरा कुमार थोकर, भीमेश्वर नगरपालिका उपप्रमुख कमला बस्नेत, विगु गाउँपालिका उपाध्यक्ष देविका थामी, नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य लक्ष्मण थामी, प्रदेश सदस्य राजन थामी, जिल्ला अध्यक्ष प्रभु जिरेल, सहसचिव गोविन्द थामीलाई सम्मान गरियो ।