वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमणको अभियोगमा दोलखाका एक पुरुष पक्राउ
काठमाडौं । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने दोलखाका एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दोलखा जिल्ला तामाकोसी गाउँपालिका वडा नम्बर १, भिरकोटका ४८ वर्षिय ललित कुमार केसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनी हाल ललितपुरको महालक्ष्मी नगरपालिका-५, टिकाथली बस्दै आएका थिए।
सहकारी ठगी प्रकरणमा पीडितको पक्षमा बहस गरी काठमाडौं जिल्ला अदालतबाट बाहिरिने क्रममा त्रिपाठी माथि आक्रमण भएको थियो। पक्राउ परेका केसी बिरुद्ध ज्यान मार्ने उधोग कसुरमा काठमाडौं जिल्ला अदालबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। उनलाई प्रहरी वृत्त सिंहदरवारमा राखिएको छ।
प्रहरीका अनुसार सोही घट्नामा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य भइरहेको छ।
प्रकाशित मिति: शनिबार, माघ ५, २०८१ ०५:५९
प्रतिक्रिया दिनुहोस्