चरिकोट । आंशिक संचालनमा आएको माथिल्लो तामाकोशी जलविद्युत आयोजना पुनः दुई दिनका लागि बन्द हुने भएको छ । सरसफाईका लागि आयोजना फेरि ४८ घण्टा बन्द गर्न लागिएको हो । बाढी पहिरोका कारण बन्द भएको आयोजना मर्मतसम्भार गरेर एक महिनाअघि आंशिक सञ्चालनमा आएको थियो ।
मर्मतसम्भार स्क्याफोल्डिङ, फर्मा निकाल्ने लगायतका फलामका टुक्रा सफा गर्न समय लाग्ने भएकोले दुई दिनसम्म विद्युत उत्पादन गर्न लागिएको आयोजनाले जनाएको छ । आयोजना प्रवद्र्धक कम्पनी अपर तामाकोसी हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले आयोजना पुर्ण क्षमतामा संचालनको तयारी भैरहेको बताए । हाल चौविसै घण्टा १०० मेगावाट विद्युत उत्पादन हुँदै आएको छ ।
शनिबार र आइतबार उत्पादन बन्द गरेर सरफाईको काम सम्पन्न भएपछि सोमबारदेखि उत्पादन सुचारु गर्ने तयारी छ ।