६ महिनामा वाग्मती सरकारको खर्च १६ प्रतिशत
वाग्मती । वाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा १६ प्रतिशतमात्रै बजेट खर्च गरेको छ । पुससम्ममा कुल बजेटको करिब १६।२७ प्रतिशतमात्र खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले जानकारी दिए ।
चालु आवका लागि प्रदेश सरकारले ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपैयाँको बजेट ल्याएकामा पुससम्म १० अर्ब ५० करोड २९ लाख नौ हजार रुपैयाँमात्र खर्च भएको छ । चालुको तुलनामा पुँजीगत खर्च कम भएको पौडेलको भनाइ छ ।
विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ४१।५६ प्रतिशत, प्रदेशसभा सचिवालयले २८।३६ प्रतिशत बजेट खर्च गरेको छ ।
सबैभन्दा कम पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले ४।६ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१ १५:१०
प्रतिक्रिया दिनुहोस्