सुनको भाउ निरन्तर उकालो
काठमाडौं । सुनको भाउ बढ्ने क्रम रोकिएको छैन । सुनको भाउ शुक्रबार तोलामा १ हजार ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ हजार ३ सयले बढेर तोलाको १ लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बिहीबार तोलामा १ हजार २ सय बढेर तोलाको १ लाख ५६ हजार ६ सय रुपैयाँ पुगेको थियो । बुधबार ४ सयले बढेर १ लाख ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको भाउ पनि बढेको छ । महासंघका अनुसार चाँदी १० ले बढेर तोलामा १ हजार ८ सय ९० रुपैयाँ पुगेको छ । हिजो बिहीबार ८० ले बढेर तोलाको १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१ १५:०३
प्रतिक्रिया दिनुहोस्