Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
विधवा र अति अशक्तलाई आर्थिक सहायता उपलव्ध गराउन निर्देशन

काठमाण्डौं - सरकारले ६० वर्ष मुनिका एकल महिला (विधवा) र अति अशक्त (ख वर्ग) का अपांगता भएकाहरुको रोकिएको रोकिएको सामाजिक सुरक्षा भत्ता उपलव्ध गराउने भएको छ । तेस्रो चौमासिक चैत महिनादेखि उनीहरुको सामाजिक सुरक्षा भत्ता रोकिएको थियो । महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको पहलपछि रोकिएको भत्ता निकासा हुने भएको हो ।

कोरोना भाईरस (कोभिड १९) को महामारीलाई मध्यनजर गर्दै ६० वर्ष नपुगेका एकल महिला र अति अशक्त अपांगतालाई यसअघि प्रदान गर्ने गरिएको मासिक भत्ता क्रमशः २ हजार र १ हजार ६ सय भुक्तानी गर्न भन्दै पञ्जिकरण विभागले आज सबै स्थानीय तहलाई पत्राचार गरेको छ ।

उनीहरुको सामाजिक सुरक्षा भत्ता राकिएसँगै विरोध भएपछि महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले पहल गर्ने प्रतिवद्धता जनाएका थिए । दुवै समुहका व्यक्तिहरुलाई चालु आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता शिर्षकमा विनियोजित बजेटबाट खर्च लेख्ने गरी आर्थिक सहायता उपलव्ध गराउन विभागले लेखेको पत्रमा भनिएको छ ।

विभागले गरेको परिपत्रमा आर्थिक सहायताको छुट्टै समुह बनाई विवरण अद्यावधिक गरिने जनाईएको छ । बजेट वक्तव्यमा पनि सामाजिक सुरक्षा भत्ता कायम रहने भनिएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update