Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
बिष्णुलक्ष्मी–तुलसीमाया साहित्यिक पुरस्कार शुसिला शर्मालाई

चरिकोट । यो वर्षको बिष्णु लक्ष्मी–तुलसीमाया साहित्यिक पुरस्कार शुसिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । दोलखा सदरमुकाम चरिकोटमा मंगलबार बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले आयोजना गरेको समितिको तेह्रौँ बार्षिक साधारणसभाको अबसरमा शर्मालाई उक्त साहित्यिक पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि एवं भीमेश्वर नगरपालिका प्रमुख ईश्वर नारायण मानन्धर लगायतले शर्मालाई नगद दश हजार पुरस्कारसहित सम्मानपत्र प्रदान गरे । समितिले हरेक बर्ष माघ १ गतेका दिन साहित्यिक क्षेत्रमा कलम चलाउने साहित्यकारलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ । यो पटक उपन्यास, नाटक, कथा र कवितामा कलम चलाउँदै आएकी शर्मालाई उक्त पुरस्कार प्रदान गरिएको हो । 

दोलखाका अग्रज पत्रकार चिरञ्जीवी मास्केले आफ्नो कर्मदिने आमा बिष्णुलक्ष्मी श्रेष्ठ र जन्मदिने आमा तुलसिमाया मास्केको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेका हुन् । 

20250114_085836-1736837705.jpg
सोही अबसरमा बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले हरेक बर्ष प्रकाशन गर्दै आएको प्रदेय पुस्तकपनि सार्बजनिक गरिएको छ । पुस्तकमा साहित्यका बिभिन्न बिधामा लेखिएका लेख रचना संग्रहित छन् । 

बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाका अध्यक्ष बिष्णु सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बक्ताहरुले जिल्लामा साहित्यिक गतिबिधि सुस्ताउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

कार्यक्रममा भीमेश्वर नगरप्रमुख ईश्वर नारायण मानन्धर, मेलुङ गाउँपालिका प्रमुख हिरा थोकर, शंकरलाल श्रेष्ठ लगायतले जिल्लामा साहित्यिक गतिविधि बढाउन आवश्यक रहेको बताए । 

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update