प्रहरी ऐनको विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत
काठमाडौँ । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नयाँ ऐनको विधेयक स्वीकृत गरेको छ । शुक्रवारको मन्त्रिपरिषद्ले दुवै संगठनको ऐनको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको हो । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले प्रहरी ऐन मन्त्रिपरिषदबाट स्वीकृत भएको जानकारी दिए ।
गृहमन्त्री लेखकले पद बहालीसँगै प्रहरी र सशस्त्रको नयाँ ऐन निर्माणमा जोड दिँदै आएका थिए । मन्त्रिपरिषद्मा पेस गर्नुअघि गृहमन्त्री लेखक नेतृत्वको विधायन समितिमा छलफल भएको थियो । सो विधेयक आगामी संघीय संसद्मा पेस गरिने मन्त्री लेखकले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, पुस २७, २०८१ १८:५४
प्रतिक्रिया दिनुहोस्