Sajha Boli :: Nepal’s Reliable Digital Newspaper

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले खर्चको हिसाब भन्दा कारोनाको चिन्ता गर्ने बेला भएको बताएका छन् । कोरोना नियन्त्रण तथा उपचारमा खर्च भएको १० अर्ब रुपैयाँको हिसाब खोज्ने बेला नभएको उनले बताए ।

जेमा पनि अनियमितता देख्ने प्रवृत्ति रहेको भन्दै उनले त्यसमा सत्यता नभएको जिकिर गरे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘आफ्नो एउटा प्रणाली छ, केन्द्रले प्रदेश र स्थानीय तहमा रकम पठाउँछ । अनि दिनैपिच्छे लेखा परीक्षण हुँदैन । अहिले सबै काममा बढी केन्द्रित भएका छन्, ‘अहिले १० अर्बको हिसाब खोज्ने होइन, कोरोनाविरुद्ध केन्द्रित हुने बेला हो ।’

महामारीको समयमा हुने भ्रष्टाचार मान्य नहुने भन्दै उनले यदि कतिकतै अनियमितता भएको भए छानबिन गर्ने र दोषी पाइए कारबाही गर्ने बताए । महामारी रोकथाम र नियन्त्रणका लागि तीनै तहका सरकारको काम प्रभावकारी रहेको दाबी गर्दै उनले अहिले काम गरिएकोहरुलाई शंका गर्नु उपयुक्त नहुने बताए ।

प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update